२९औं वर्षमा नवकान्तिपुर सहकारी, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता

काठमाडौं : बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ ।
संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेको यस संस्थाले वित्तीय कारोबारको अतिरिक्त सदस्य केन्द्रित अन्य सेवा प्रवाह गर्दै आएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाले हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा संस्थाले प्रदान गर्ने सेवा तथा सुविधामा नविनता प्रदान गर्दै प्रतिफलमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
चालु आर्थिक वर्षको भाद्र मसान्तसम्म आईपुग्दा ८ हजार ८ सय ५६ जना सेयर सदस्य संस्थामा आवद्ध भएको छ ।
संस्थाको सेयर पुँजी ९ करोड २२ लाख, जगेडा कोष २० करोड ४४ लाख, कुल संस्थागत पुँजी २० करोड ४८ लाख, विभिन्न कोष १० लाख, कुल बचत २ अर्ब १९ करोड ९४ लाख, कुल कर्जा १ अर्ब ३२ करोड १८ लाख, बैंक तथा नगद मौज्दात १ अर्ब १ करोड रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
अभिलेख
लोकप्रिय

राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts

२९औं वर्षमा नवकान्तिपुर सहकारी, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता
७ आश्विन २०८२, मंगलवार
सगुन साकोस हरिवनको २६औं साधारण सभा सम्पन्न
६ आश्विन २०८२, सोमबार
सुरू भयो बडादसैँ, आज घटस्थापना
६ आश्विन २०८२, सोमबार