२९औं वर्षमा नवकान्तिपुर सहकारी, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता
काठमाडौं : बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ ।
संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेको यस संस्थाले वित्तीय कारोबारको अतिरिक्त सदस्य केन्द्रित अन्य सेवा प्रवाह गर्दै आएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाले हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा संस्थाले प्रदान गर्ने सेवा तथा सुविधामा नविनता प्रदान गर्दै प्रतिफलमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
चालु आर्थिक वर्षको भाद्र मसान्तसम्म आईपुग्दा ८ हजार ८ सय ५६ जना सेयर सदस्य संस्थामा आवद्ध भएको छ ।
संस्थाको सेयर पुँजी ९ करोड २२ लाख, जगेडा कोष २० करोड ४४ लाख, कुल संस्थागत पुँजी २० करोड ४८ लाख, विभिन्न कोष १० लाख, कुल बचत २ अर्ब १९ करोड ९४ लाख, कुल कर्जा १ अर्ब ३२ करोड १८ लाख, बैंक तथा नगद मौज्दात १ अर्ब १ करोड रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार