७ असोज २०८२, मङ्गलबार

सगुन साकोस हरिवनको २६औं साधारण सभा सम्पन्न

२०८२ असोज ६, सोमबार
सगुन साकोस हरिवनको २६औं साधारण सभा सम्पन्न

काठमाडौं : हरिवन नगरपालिका ११, सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लिमिडेटको २६औं वार्षिक साधारण सभा सोमबार (आज) सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता एवं संस्थाका जेष्ठ सदस्य गंगा देवी दाहालको प्रमुख आतिथ्यतमा हरिवन ९ स्थिति चतुुरभुुजेश्वर महादेब मन्दिर परिसरमा सम्पन्न भएको हो ।

सदस्यहरुको सभ्य र भव्य सहभागितामा पूर्वनिर्धारित एजेण्डाहरु उपर छलफल गरी छिटो र छरितो तरिकाले साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष ढकालले सहकारीखबरलाई जानकारी दिनुभयो ।

साधारण सभामा संस्थाकी कोषाध्यक्ष पदमा मोक्तान सबैलाई स्वागत, लेखा सुुपरीवेक्षण समित संयोजक जय शंकर सिंहले धन्यवाद प्रदान गरेका थिए । साधारण सभाको उद्घाटन सत्र राष्ट्रिय नियमन प्राधिकरणले जारी गरेको मापदण्ड बमोजिम छोटो र छरितो बनाई गरिएको थियो । त्यस लगतै बन्द सत्रको कार्यक्रम सञ्चालन गरिएको थियो ।

सभामा संस्थाका सचिव बिनोद कार्कीले प्रगति समिक्षा, उपाध्यक्ष राज कुमार उप्रेतीले आ.व. २०८२/०८३ नीति कार्यक्रम र बजेट, लेखा सुुपरिवेक्षण समिति संयोजकले लेखा सुुपरिवेक्षण प्रतिवेदन, ऋण उपसमिति सदस्य राम प्रसाद घिमिरेले ऋण उपसमितिको प्रतिवेदन र संस्थाको प्रबन्धक रविन्द्र रानाले आ.ब.२०८१/०८२ को वित्तीय प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै अध्यक्ष ढकालले सभामा पेश गर्नुभएको १६ वटा एजेन्डाहरु पारित गरिएको थियो ।

साधारण सभाको अवसरमा प्रादेशिक रक्त संचार केन्द्र भरतपुुरको प्राविधिक सहयोगमा ५८ प्रिन्ट रगत संकलन गरिएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा संस्थामा १३ हजार ७ सय १० जना सदस्य, १५ करोड ११ लाख सेयर पुँजी, १ अर्ब ३३ करोड २२ लाख बचत, १ अर्ब १९ करोड ९७ लाख लगानी गर्न संस्था सफल भएको छ।

संस्थाले २ करोड १२ लाख खुद नाफा गर्न सफल भएको छ । उक्त नाफाबाट सदस्यहरुलाई ४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । त्यस्तै संरक्षित पुँजी फिर्ताकोषबाट ऋणको कारोबार गर्ने सदस्लाई १.१२ प्रतिशत र बचतको कारोबार गर्ने सदस्यलाई १.४४ प्रतिशतका दरले रकम वितरण गर्ने निर्णय सभाले गरेको छ।

अभिलेख

लोकप्रिय