नियमनले सहकारीको व्यवहारमा परिवर्तन ल्याउँछ: अध्यक्ष बम

काठमाडौं : नवजिवन सहकारी संस्था लि., कैलालीका अध्यक्ष देब बहादुर बमले सहकारीको नियमन स्वनियमन र नियामक निकाय दुबैबाट हुनुपर्ने धारणा राखेका छन् ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीका सवाल सम्बन्धी नीति संवाद’ कार्यक्रममा प्यानलिष्टको रुपमा बोल्दै अध्यक्ष बमले असल कार्य गर्दा धाप मार्ने, गलत गर्दा सजक गराउने र गाह्रो पर्दा सहारा दिन सक्ने क्षमता भएको नियमन निकाय आवश्यक रहेको बताए । यसो हुँदा जुन सुकै निकायबाट सहकारीको नियमन हुँदा सहकारीकर्मीहरुलाई आपत्ति नहुने स्पष्ट पारे । यदि नियमन निकाय सहकारीको अभिभावको नभई कारबाही गर्ने निकाय मात्र हुने हो भने छुट्टै निकायको खासै औचित्य नरहेको समेत स्ष्ट पारे ।
सहकारीलाई सबल, सक्षम र शेयर सदस्यको हित केन्द्रित बनाउन प्रभावकारी नियमनको भूमिका महत्वपूर्ण हुने बताए । ‘सहकारीलाई देश विकासको एक खम्बाको रूपमा लिएको अवस्थामा सहकारीको प्रभाकारी नियमनबाट मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ र सहकारी सुशासन स्थापित हुन्छ भन्ने मेरो विश्वास छ’, अध्यक्ष बमले भने ।
अध्यक्ष बमले राखेको धारणा
‘सहकारीमा स्वनियमन र सुशासनः नियामकीय आवश्यकता कति?’ का विषयमा मेरो अनुभव र बुझाई सेयर गर्न चाहन्छु ।
सामान्यतया सहकारीको नियमन दुई तरिकाले भएको पाइन्छ ।
स्वनियमन र नियामक निकायबाट ।
सहकारीलाई बलियो बनाउनका लागि दुबै विधिसँग सँगै लैजानु पर्ने आजको आवश्यकता हो । सहकारीका सिद्धान्तहरुलाई आत्मसाथ गर्दै सहकारी ऐन तथा नियमावलीले निर्दिष्ट गरेका विषयलाई आफू अनुकूल र सिद्धान्त विपरीत व्याख्या नगरी कार्यान्वयन गरेमा स्वनियमन बलियो हुने कुरामा दुई मत छैन । स्वनियमन भनेको आफ्ना कार्य र क्षमताको आफै मुल्याङ्कन गर्नु हो । सो मूल्याङ्कनले सहकारी संस्थाको व्यवहारमा परिवर्तन गर्ने गर्दछ । स्वमूल्याङ्कन गर्ने तर मूल्याङ्कनको आधारमा व्यवहार परिवर्तन नगर्ने गरेका स्वमूल्याङ्कनको कुनै अर्थ छैन ।
सहकारी संस्थाले स्वमूल्याङ्कन गर्दा
शेयर सदस्यहरूको सक्रियता,
साधारण सभा समयमा भएको छ वा छैन,
साधारण सभाबाट कार्यसमिति चयन गर्दा लोकतान्त्रिक प्रक्रिया अपनाएको छ वा छैन,
सहकारीको कारोबार र कर्मचारीको क्षमता विकास गरेको छ वा छैन,
दक्ष कर्मचारीका व्यवस्थापन,
ऋण लगानीका आधार सहकारी ऐन तथा नियमावली बमोजिम भएको छ वा छैन,
शेयर सदस्यको हितलाई केन्द्र विन्दुमा राखिएको छ वा छैन,
नियमन निकायमा रिपोर्टिङ समयमा भएको छ वा छैन र
लेखा परीक्षणका सुझावहरू कार्यान्वयन भएको छ वा छैन जस्ता प्रश्नहरूको उत्तर खोज्दै आवश्यक सुधार गर्नु नै प्रभावकारी स्वमूल्याङ्कन हो । स्वमूल्याङ्कन बलियो भए मात्र सहकारी बलियो हुन्छ र आफ्नो उद्देश्य प्राप्त गर्न सक्छ ।
अब म मूल्याङ्कनको अर्को तरिका नियमन निकायबाट हुने मूल्याङ्कनका बारेमा केही भन्न चाहन्छु । सङ्घीयताको कार्यान्वयनसँगै कुन सहकारीलाई कुन सरकारले नियमन गर्ने भन्ने विषयमा अन्यौलता रहेको विषय हिजोदेखि उठी रहेको छ । जुन विषयमा म पनि सहमत छु । मेरो भनाई भनेको सहकारीको मर्मर र भावनालाई टेवा पुग्ने गरी जुन सुकै निकायले नियमन गर्दा पनि हुन्छ तर नियमन गर्ने निकायबाट सहकारीलाई सधैं साथ सहयोग हुनु पर्छ ।
सहकारीले असल कार्य गर्दा धाप मार्ने, गलत गर्दा सजक गराउने र गाह्रो पर्दा सहारा दिन सक्ने क्षमता भएको जुन सुकै निकायबाट सहकारीको नियमन हुँदा नि हामी सहकारीकर्मीहरुलाई आपत्ति छैन । हुनु पनि हुँदैन भन्ने मेरो मान्यता छ । यदि नियमन निकाय सहकारीको अभिभावको होइन कारबाही गर्ने निकाय मात्र हो भने त्यस्ताे नियामक निकायको खासै औचित्य छैन ।
सहकारीमा सुशासन स्थापित गर्नका लागि हामी सबै तह र तप्कामा रहेका महानुभावको भूमिका महत्त्वपूर्ण हुन्छ । जुन भूमिका निभाउन हामी सबै तत्पर हुनु पर्ने आजको आवश्यकता हो । सुशासन सहकारीकर्मीको व्यवहार परिवर्तनबाट प्राप्त गर्ने विषय हो । नियमनले सहकारीको व्यवहारमा परिवर्तन ल्याउँछ भन्ने मेरो विश्वास छ । सहकारीमा हालको विषम परिस्थितको सृजना हुनुमा प्रभावकारी मुल्याङ्कन नहुनु नै मुख्य कारण हो जस्तो मलाई लाग्दछ ।
सहकारीलाई सबल सक्षम र शेयर सदस्यको हित केन्द्रित बनाउन प्रभावकारी नियमनको भूमिका महत्वपूर्ण हुन्छ । सहकारीलाई देश विकासको एक खम्बाको रूपमा लिएको अवस्थामा सहकारीको प्रभाकारी नियमनबाट मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ र सहकारी सुशासन स्थापित हुन्छ भन्ने मरो विश्वास छ ।
(राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रममा अध्यक्ष बलमे व्यक्त विचारको अंश)
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार