सहकारी क्षेत्र सुशासित, मर्यादित र पारदर्शी छ भन्ने ‘न्यारेटिभ’ ले जरा गाढोस्

विक्रम संवत् को पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०८१ लागेको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । नयाँ वर्षले खुसी र उमंग ल्याउँछ ।
वर्ष २०८० सहकारी क्षेत्रका लागि त्यति सुखद् हुन सकेन । सहकारीले बचत फिर्ता गर्न सकेन, सहकारीका सञ्चालक फरार, सहकारीका सञ्चालक पक्राउ, सहकारीका सञ्चालक जेल चलान जस्ता समाचारहरु वर्षभरी नै आईरहे । केही सिमित सहकारीमा देखिएको यस्ता समस्याले सिंगो अभियानमै विचलन ल्याईदियो । सहकारीमा आवद्ध सदस्यहरुमा विश्वासको संकट पैदा भयो ।
सहकारी समस्यामा आउनुको मुख्य कारण सिद्धान्त, मूल्य, मान्यता विपरीत कार्य नै हो । सिद्धान्त, मूल्य, मान्यता अनुसार चलेका सहकारीहरु कहिल्यै पनि समस्यामा आउँदैन । सहकारीमा समस्या आउनुमा स्वार्थी सञ्चालक, कमजोर नियमन प्रणाली, शहरकेन्द्रित कारोबार, लोभी सदस्य, उत्पादन र बजारीकरणमा न्यून उपस्थिति, महँगो व्याजदर पनि हुन् ।
समस्या आउनुमा मुख्यतः तीन पक्ष जिम्मेवार छन् । पहिलो पक्ष सहकारीका निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितले सहकारीको सिद्धान्त, नीति, नियम अनुसार सञ्चालन गर्न नसक्नु हो । निजी व्यवसाय जसरी सहकारीलाई कमाउने माध्यम बनाउँदा पनि समस्या निम्तियो । दोस्रो जिम्मेवार पक्ष नियामक निकाय हो । संघीयता कार्यान्वयनसँगै सहकारीको नियमन तीनै तहमा पुगेको छ । नियमन तथा सुपरीवेक्षणको जिम्मेवारी पाएको नियामकले आफ्नो दायित्व अनुसार काम नगर्दा पनि सहकारीहरु दुर्घटनामा परे । तेस्रो पक्ष भनेको सदस्यहरु हुन् । सहकारीलाई सहकारी जसरी सञ्चालन गर्न सदस्यहरु विवेकी, शिक्षित र उत्तरदायी हुनु अनिवार्य शर्त हो । सदस्यको प्रलोभनले अपुरणीय क्षति समेत बेहोर्नुपरेको छ ।
सहकारी सहकारी जस्तो भएर सञ्चालनको पहिलो शर्त सुशासन हो । सञ्चालक समित, लेखा सुपरीवेक्षण समिति, सदस्य र नियामक निकायले आआफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्दा नै सहकारीहरुमा समस्या देखिएको हो ।
वर्ष २०८०मा अभियानको नेतृत्व गर्ने नेतृत्वकै सहकारीमा सुशासनको प्रश्न उठेको छ । जसको कारणले संघ, महासंघहरुप्रति पनि प्रश्न तेर्सिएको छ । नेतृत्वमा रहेकाहरुको प्रारम्भिक संस्था नमुना हुनु आवश्यक छ । अभियानको नेतृत्वकर्ता अझ बढी सुशासित हुन जरुरी छ ।
नेपाल सरकारले हालसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषण गरेको छ । वर्ष २०८० मा मात्रै ८ वटा सहकारी समस्या ग्रस्त घोषणा भएका छन् । लाखौं सदस्यहरुको अर्बौँ रकम सहकारीमा फसेको छ । सरकारले सहकारीको समस्या समाधानको लागि काम गरिरहेको बताए पनि रिजल्ट भने आउन सकेको छैन । सरकारले पछिल्लो समयमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत सुरक्षण कोष खडा, दोस्रो तहको नियामक निकाय गठन गर्ने काम अघि बढाएको छ । यो महत्वपूर्ण विषय पनि हो । आशा छ, वर्ष २०८१ भित्रै यी निकाय कार्यान्वयनमा आउने छ ।
वर्ष २०८१ सिंगो सहकारी क्षेत्र सुशासित छ, मर्यादित छ, इमानदार छ र पारदर्शी छ भन्ने ‘न्यारेटिभ’ ले जरा गाढोस् । नयाँ वर्षको शुभकामना ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार