नाम मेरो सहकारी
निम्न वर्ग दु:खी गरिब वेसाहाराको जीवन देख्दा
जन्मिएथे सन् १८४४ मा मजदुर थिए मेरा पिता ।
पूँजीपति मालिकहरु शोषण गर्थे बेरोजगार भै जाउँ कता
यहि बेलामा जन्मिएथ्यो मार्मिक मेरो जीवन कथा ।।
रोपेको बिउ बेलायतमा आर्थिक बल मिल्छ कि भनी
सहयोग मिल्यो मन मिल्यो एकतामा अनेकता बनी ।
साझा नारा हाम्रा सहयोगी हात निका भए शोषणको घाउ
सन्देश यही बोकीकन हिँडेका थियौं शहर अनि गाँउ गाँउ ।।
न जात छ, न लिंङ्ग, न वर्ण, नत विभेदकारी
धर्म एउटै गोत्र एउटै नत नीजि नत साझेदारी ।
स्वतन्त्र, स्वायत्त अनि संगठित यो मेरो साझा चौतारी
एकका लागि नभएर सबैका लागि जन्मिथ्यो नाम हो मेरो सहकारी ।।
उद्यमशिल बनाउँछु आत्मानिर्भर बनाउँछु सबैको गर्छु भलाई
समान आर्थिक सामाजिक हैसियत राख्नु विश्वास गर्नु मलाई ।
एक एक गरी कमाएको एकतामा मेहनतको यो बल
एकबाट दुई हुन्छ भुल्नुहुन्न हाल्लनलाई बचतको यो मल ।।
विश्वभर पुगेथे नेपाल पुग्ने मेरो रहर
सुक्ष्म रुपमा अध्ययन गरे त्यो बेलाको चहलपहल ।
गुठी भने धर्म भकारी भने ढिकुरी अनि पर्म अरे
त्यही नामलाई समालेर २०१३ सालमा सहकारी स्थापना गरे
स्थानीय स्रोत साधन पूँजी एककृत गरी
बचत गर्ने बानी सिकाई, ऋण लगानी उद्यमशील हुनी ।
बचत गर्दा बचत बढ्यो जम्मा भयो पूँजी
खोजी गरे लगानी गरे सदस्यको चाहनालाई बुँझी ।।
बचत सिकाए, ऋण सिकाए, सिकाए सदस्य बन्नलाई
रोजगारी दिए सिप अनी शिक्षा सामाजिक कार्य गर्नलाई ।
सात अन्तर्राष्ट्रिय सिद्धान्त यसका पालना सबैले गर्नलाई
मर्म यसको सबैले बुझ्नुपर्छ दिनुहुन्न मर्नलाई ।।
बालकदेखि बृद्धसम्म हेरे सबै मैले
निम्न वर्ग असाहायलाई साहारा दिए पैले ।
केक दिए जन्मदिन मनाए वनभोज लान्छु अहिले
मनोरन्जन साथै बौद्धिक कार्य गर्छु सम्मान गर्छु कहिले कहिले ।।
सम्मान गरे छोरा छोरी शैक्षिक स्तर उकास्नलाई
ऋण दिए पढि गुनी सिप लिई स्वदेश फर्कनलाई ।
भत्ता दिन्छु जेष्ठ, एकल सुत्केरी महिला सदस्यलाई
भ्रमण लान्छु घुमाउँछु शिक्षादिक्षा लिनलाई ।।
दैवी अनि प्राकृतिक विपत्तिको जोहो
सेवा दिन्छु समान व्यवहार पराई, आफ्नो अर्को कोहो
पुण्यतिथी सम्झनेछु श्रद्धासुमन अर्पण गरी ।
क्रिया खर्च दिने गर्छु मासिक बचत गरे जती ।।
दुर्घटनामा पर्दा खेरी प्राणघातक रोग लाग्दा
आफन्त नै बिरानो भई धन सम्पत्ति टाढा भाग्दा ।
म छु नि नआत्तिनु तिमीलाई पर्दा माहामारी
सवै मन मर्दा खेरी आउनेछ बचाउन देउता बनी सहकारी ।।
सुसंस्कृत इमान्दारी नैतिकताको खेती
सिकाउँछु व्यवहार बनाउँछु परिपक्क सवैलाई संस्कारी ।
अब भने ऐन मान्नु नियम जान्नु पेशा छान्नु कृषिलाई
प्रविधिको माध्यबाट विकास गर्न भित्र्याउनु पश्चिमी संस्कृतिलाई ।।
थोपा थोपा गरिकन रोपेको सहकारीको त्यो बिउ
जतन गरी जोगाई राख हातको धागो एकताले सिउ ।
करोड हैन अर्ब बनाउ खर्बसम्म पुग
पचास, सय हैन अब हजार वर्ष जीउ ।।
यसै गरी बिते मेरा ६६ वर्षे यौवन
राम्रो गरी मलजल गर्नु हरियो यो जोवन ।
अजम्मरी छु म जन्म निश्चित मृत्यु मेरो छैन
भाई फुटि गवार लुटे यदि भने नमर्ने चै हैन ।।
उन्नती र विकास मेरो सम्झी राख जन्मदाको व्यथा
भूमिका अनि परिभाषा अनेक छन् मिठा यस्का गाथा ।
यही बेलामा जन्मिएथ्यो मार्मिक मेरो जीवन कथा
सहयोग सहकार्य अनि सहकारिता यहि हो मेरो विशेषता ।।
विमला पुडासैनी
कार्यक्रम अधिकृत, बागमती प्रोस्कून
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार