१३ मंसिर २०८३, आईतवार

विकूको सेवा केन्द्र व्यवस्थापन उपसमितिमा १६८ जना, उत्कृष्ट बनाउने प्रतिवद्धता

२०८० मंसिर २३, शनिवार
विकूको सेवा केन्द्र व्यवस्थापन उपसमितिमा १६८ जना, उत्कृष्ट बनाउने प्रतिवद्धता

गैँडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ वटा सेवा केन्द्रका व्यवस्थापन उप-समितिका १६८ जनाले शपथ ग्रहण गरेका छन् ।

शनिबार बेल्डिहामा भएको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रममा व्यवस्थापन उपसमितिका संयोजकले आफ्नो सेवा केन्द्रलाई उत्कृष्ट बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सेवा केन्द्र व्यवस्थापन उपसमितिमा एक संयोजक, एक उप-संयोजक र पाँच सदस्य छन् ।

संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ले शपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले हरेक सदस्यको बचतको सुरक्षा गर्ने दायित्व सबै सञ्चालकको रहेको बताउँदै लोभी, पापि र स्वार्थी नबन्न आग्रह गरे । वर्तमान समितिले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने बताउँदै उनले विकूको कार्यक्षेत्रको समृद्धिका लागि सबै जुट्नुपर्ने बताए ।

विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले पदिय भूमिकामा रहेर जिम्मेवारी पुरा गर्नु नै सफलता प्राप्त गर्नु रहेको बताउँदै कर्तव्य कहिल्यै नबिर्सन आग्रह गरे । विकू नायक सहकारी रहेकोले यसको गरिमा कायम राख्न सहकारीको अध्ययन र गाम्भिर्यताका साथ लाग्न आग्रह समेत गरे।

संस्थाका पूर्व अध्यक्ष इन्द्रराज ज्योती पौडेलले विकूले सुशासन कायम राख्ने र त्यो उचाईमा राख्न व्यवस्थापन तहले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष कालीदास गौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गरेका थिए ।

अभिलेख

लोकप्रिय