२१ भदौ २०८३, आईतवार

म्याग्दी सहकारीको १६औं साधारण सभा सम्पन्न

२०८० मंसिर २३, शनिवार
म्याग्दी सहकारीको १६औं साधारण सभा सम्पन्न

काठममाडौं : गोंगबु स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष थदेवी पुनको सभापतित्व एवं प्रतिनिधि सभाका सदस्य तथा संस्थापक अध्यक्ष खमबहादुर गर्बुजा (खम्वीर) को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन, गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा, संस्थाका सल्लाहकार डा. ज्योती शेरचन, सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारी, धौलागिरी सहकारी समूहका अध्यक्ष याम श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक गोंगबु शाखाका प्रबन्धक विष्णु गिरी, नेफ्स्कून गोंगबु शाखाका प्रबन्धक राधा पौडेल लगायतको आतिथ्यता थियो ।

साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा संस्थाको सेयर पुँजी ७ करोड ९२ लाख कायम रहेको छ । त्यस्तै बचत ४१ करोड १६ लाख, कर्जा लगानी ४२ करोड ८२ लाख, जगेडा कोष ५ करोड ८६ लाख, खुद व्याज आम्दानी ३ करोड २१ लाख, सञ्चालन मुनाफा २ करोड ३४ लाख, बाँडफाँड योग्य मुनाफा २ करोड ७ लाख रहेको प्रतिवेदनमा उल्लेख छ।

साधारण सभाको अवसरमा प्रतिनिधि सभामा निर्वाचित संस्थापक अध्यक्ष खमबहादुर गर्बुजा (खम्वीर), गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित बिमला गौचन र गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै साधारण सभाको अवसरमा ४३ जना सेयर सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्दै संस्थामा स्वागत गरिएको थियो । यसका साथै उत्कृष्ट बचतकर्तालाई समेत सम्मान गरिएको थियो ।

साधारण सभाले विभिन्न प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर सदस्यलाई ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले गरेका थिए ।

अभिलेख

लोकप्रिय