१३ मंसिर २०८३, आईतवार

म्याग्दी सहकारीको अध्यक्षमा पुन: थदेवी पुन

२०८० मंसिर २३, शनिवार
म्याग्दी सहकारीको अध्यक्षमा पुन: थदेवी पुन

काठमाडौं : गोंगबु स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: थदेवी पुन निर्वाचित भएकी छिन् । आज (शनिबार) १६औं वार्षिक साधारण सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो ।

निर्वाचन उप समितिका संयोजक डा. ज्योति शेरचनका अनुसार उपाध्यक्षहरुमा सुशिला शेरचन, थमबहादुर छन्त्याल, धनलाल जैसी चयन भएका छन् । सचिवमा टकबहादुर थापा, कोषाध्यक्षमा इन्द्रजित छन्त्याल, सहसचिवमा छकप्रसाद शेरचन निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा केशबहादुर गौचन, लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल, हर्कनारायण घर्तिमगर, हेलेन श्रेष्ठ र लिलकुमारी रोका रहेका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा चित्रबहादुर पुन, सदस्यहरुमा मदन थापा र धनबहादुर छन्त्याल निर्वाचित भएका छन्।

संस्थाद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार २ हजार भन्दा बढि सदस्य रहेको यस संस्थाको आ.व. २०७९/८० मा शेयर पूँजीतर्फ ७ करोड ९२ लाख, जगेडा कोषतर्फ ७ करोड ७५ लाख, बचततर्फ ४१ करोड १६ लाख, कर्जा लगानीतर्फ ४२ करोड ८२ लाख र बाँडफाँड योग्य मुनाफा २ करोड ७ लाख अर्थात ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

१ लाखको शेयर खरिद गरेका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रवि मल्ल, प्रा.डा. हुमबहादुर बरुवाल, डा. दलिप मल्ल लगायत ४० जना सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिनुका साथै बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो।

अभिलेख

लोकप्रिय