३ वैशाख २०८३, बिहिबार

निरीह सहकारीकर्मी !

२०७९ फागुन ११, बिहिबार
निरीह सहकारीकर्मी !

सहकारी क्षेत्रमा अनुगमन कमजोर हुँदा विकृत मनस्थितिले स्थान पाएको छ। सहकारी क्षेत्रमा अनुगमन हुनु राम्रो कुरा हो तर अनुगमन सकारात्मक हुनुपर्दछ। आज महासंघ घेर्न अगुवाई गरेका व्यक्तिहरुले प्रतिनिधित्व गर्ने संस्था अनुगमन गर्न थालेको सुन्दा अलि पूर्वाग्रह भयो की जस्तो देखियो ।

अर्थतन्त्र सामान्य अवस्थामा रहेको अवस्थामा संघहरुका अनुगमन र सुझावहरुलाई ‘बालमतलब’ गरियो । संघहरुले सुधारको लागि गरेको प्रयास, अनि व्यवहार र कार्यशैली परिवर्तनको लागि गरिएको आग्रह उपेक्षा गरियो । जसले पालना गर्न लागे तिनै संस्था र अभियानकर्मी बहिस्करणमा पर्ने जस्तो व्यवहार गरियो । तर पनि केही संघहरुले आफ्ना प्रयास निरन्तर गरिरहे, गरिरहुन् । आज तिनै वेवास्ता गर्ने संस्थाको वास्तविक अवस्था सम्बन्धित व्यक्तिले अनुभूति गरिरहनुभएकै होलान् । सुधारको लागि प्रतिबद्धतासहित संघहरुबाट वित्तीय सहयोग गरिएका संस्थाहरु पनि व्यवहारमा रुपान्तरित नहुँदा समस्या बढी जटिल बन्दैछ । संघहरु मध्ये नेपाल बचत तथा ऋण सहकारीको केन्द्रीय संघ (नेफ्स्कून)ले विगत तीन वर्षदेखि नियमितरुपमा एकीकृत स्वनियमन तथा सुशासन मार्गदर्शन जारी गर्दै आएको छ । त्यसको अध्ययन र ५० प्रतिशत मात्र कार्यान्वयन गर्ने हो भने पनि वित्तीय सहकारी क्षेत्रमा अहिलेको जस्तो चुनौती झेल्नु पर्दैनथ्यो ।

हुन त, कार्यक्षेत्र भन्दा बाहिर गएर सदस्यहरुलाई उपेक्षा गरि विवाह पार्टी जस्तो शैलीमा गरिने साधारणसभामा प्रमुख अतिथि बन्ने, सहकारी संघ/संस्थाहरुलाई आफ्नो व्यवसायको साझेदार खोज्ने मन्चकोरुपमा प्रयोग गर्ने नेताहरु भएको अभियान अहिलेको अवस्थामा पुग्नु स्वभाविक नै छ । सहकारीका नेता सुध्रीउन्, निजी व्यवसायको नाफा वृद्धिको लागि अभियानलाई दुरुपयोग नगरुन्, पसिनाको थोपा संगालेको स्रोतमा हाईफाई तरिका र जाँडा पार्टी नगरुन् । अनि सुध्रिन्छ अभियान । के नेताहरु तयार छन् त? अहिले असहज स्थितिमा गुज्रिएको अवस्थामा यस्तो विषय सायद उपयुक्त नसुनिन सक्दछ । तर पनि जसरी एउटा लोभी व्यक्तिले मलामी भएर घाटमा पुगेको बेला सम्पत्तिको मोह क्षणिक नै भए पनि त्याग्न सक्दछ कम्तीमा त्यतिको अनुभूति सहकारी अभियानमा हुन जरुरी छ । जो आज पनि देखिएको छैन ।

अभिलेख

लोकप्रिय