३० जेठ २०८२, शुक्रबार

२० वर्षमा मैले देखेको साकोस अभियान

२०७७ चैत ४, बुधबार
२० वर्षमा मैले देखेको साकोस अभियान

शिव अधिकारी

मेरो सहकारी प्रवेश २०५१ कार्तिक ३ भएता पनि २०५८ भाद्र ५ सम्म सिमित क्षेत्र र दायरा भित्र रहेर काम गर्ने अवसर मात्र मिलेको थियो । २०५८ भाद्र ६ गतेबाट २०७७ साउन २० गतेसम्म नेफ्स्कूनको फिल्ड कार्यक्रम अधिकृतदेखि का.मु प्रमुख कार्यकारी अधिकृत सम्मको जिम्मेवारी भित्र म रमाए ।

नेफ्स्कूनले पहिलो पटक एशियाली ऋण महासंघ (आकू)को प्राविधिक सहयोगमा साकोसमा २०५८ सालदेखि चितवन र नवलपरासी जिल्लाबाट सहकारीमा लघुवित्त कार्यक्रम सञ्चालन गरेको र सो को राम्रो प्रभावकारिता रहेको हुँदा ५ वर्ष भित्र हामी २३ जिल्लाका अधिकांश साकोसहरु माँझ पुगि सकेको थियौं । यस कार्यक्रमको अधिकृतको नाताले तत् बखत बैदेशिक तालिमहरुमा सहभागिता जनाउने र स्वदेशका बिभिन्न जिल्लाका साकोसहरुमा अवलोकन गर्ने, लघुवित्त लगायत नेफ्स्कूनका कार्यक्रममा सहभागिता जनाउने प्रशस्त अवसर पनि मिलेको थियो । र ती अवसरहरुको भरमग्दुर उपयोग गरे ।

तत् बखतलाई स्मरण गर्दा सदस्य संख्या न्यून रहेको औषत आधार लिदा ५०० जनाको आसपास, वासलात अधिकांशको एक करोड अन्दा पनि धेरै कम, सहकारी संस्था खोल्ने होडबाजी, सञ्चार सुविधा एकदमै पछाडी परेको (टेलिफोन समेत पिसिओको भर), अहिले पनि ताजा याद आउँछ । नेफ्स्कूनको साधारण सभा सरेको र सोको खबर गर्नुपर्ने त्यसैक्रममा डडेलधुराको एउटा संस्थालाई फोन गर्दा पिसिओले भोली १० बजे डाकिदिन्छु भने अनि उहाँले दिएको समयमा फोन गरे अध्यक्ष चटौंतजीलाई र साधारण सभा सरेको जानकारी गराउँदै थिए । उहाँले त मलाई कहिले थियो र सर पो भन्नुहुन्छ, अर्थात साधारण सभाको निमन्त्रणा चिठ्ठी उहाँको हातमानै परेको रहेन छ । अधिकांश साकोसहरुको कार्यालय कोठामा रहेको, केही साकोसहरु मात्र फ्ल्याट लिएर बस्न सफल भएका, घर नै भाडामा लिएर बसेको मैले त्यस्तो पाईन । तर, केही साकोसहरुको स–सानो आफ्नै घर थियो (नेफ्स्कनमा आवद्घ साकोसहरुमा भन्नु पर्दा सबैभन्दा पहिलो घर रामेछाप जिल्लाको बेतादी साकोसको थियो), कार्यालय व्यवस्थापनलाई हेर्ने हो भने सामान्य काठका फर्निचर, सामान्य कार्यकक्ष, थोरै कर्मचारी, न्यून पारिश्रमिकमा कर्मचारीको खटाई, तराई क्षेत्रमा पनि धेरै साकोसहरुको कार्यालयमा पंखा समेत नभएको, काठका सामान्य दराज टेबुल, फाईलिङ्ग र रेकर्डिङ पद्घति सामान्य रहेको, लेखा प्रणाली पूर्ण रुपमा म्यानुयलमा रहेको, केही सूचनाहरु लिनु पर्दा पनि धेरै समय लाग्ने अझ एउटै रमाई सामन्यतय पाहुनाहरु र आगान्तुक आएको बखत सामान्य चिया खुवाउने गरेको मलाई ताजा स्मरण छ ।
विगत १०–१२ वर्षदेखि नेफ्स्कूनमा मेरो जिम्मेवारी केन्द्रमै रहने, केन्द्रको नै व्यवस्थापनलाई सहयोग गर्ने रहेको र अझ बिगत ५—७ वर्ष देखित अधिकृत र विभागीय प्रमुख समेतका कर्मचारी साथिहरुले जे भनेर रिपोटिङ गर्नुहुन्थ्यो त्यसमा नै मेरो पूर्ण विश्वास र त्यसैलाई मैले अधार मानेर कार्य गर्ने साथै बोल्ने समेत गरेको थिए ।
अहिले नेफ्स्कूनबाट अवकास प्राप्त गरेको तर साकोस अभियानमा त झन् गाढा सम्बन्ध हुन पुगेको अनुभव गरेको छु ।

पुनः साकोस अभियानसँग आत्मियता साट्ने अवसर पाएको छु । २०७७ साउन २५ बाट हाल सम्मको करिब ७ महिनाकोे अवधिमा नेफ्स्कूनमा आवद्घ मात्र २०० भन्दा बढी साकोससँग प्रत्यक्ष साक्षत्कार गर्ने अवसर मिल्यो भने अप्रत्यक्ष रुपमा धेरै साकोससँग । अहिले आएर मैले साकोसमा यस्तो रहेको पाए जुन बिषयहरु यस्ता छन् की मलाई यो देख्दा सपना होकी विपना जस्तो महशुस भई रहेको छ । जस्तैः बुँदागत रुपमा भन्नुपर्दा सदस्यता संख्या अत्याधिक रहेको, व्यवस्थित कारोबार, ठूलो रकमको वासलात बनाउन सफल, नीति, विधि र प्रविधिलाई अंगिकार, विभिन्न नीतिहरु तयार गरी लागू गरेको अवस्था, बचत र ऋणमा विविधिकरण, सदस्यहरुको नेतृत्व विकास नेफ्स्कूनलाई आफ्नो मूलघरको रुपमा लिई सहकारीका स्थानिय निकायदेखि अन्य केन्द्रीय संघहरुमा र विभिन्न निकायहरुमा समेत समन्वय र संस्थाको कार्यालयको उचित व्यवस्थापन, आधुनिक प्रविधिको विकास, दु्रतदर सेवामा साकोस चिन्तित, कार्यालयका कार्यकक्षहरुमा राम्रो फर्निसिङ, सदस्य मैत्री, सिसि क्यमारा, एयर कन्डिसन लगायतका उपकरणहरुको उचित प्रबन्ध र व्यवस्थापन, कार्यालयमा सवारी साधानहरु रहेको, प्रशासनिक चुस्त दुरुस्त, कर्मचारीहरु ड्रेसमा अपडेट, सञ्चालकज्यूहरु पनि पदयी जिम्मेवार प्रति प्रष्ट हुनु भएको, व्यवस्थापन र नेतृत्व वर्गले नेफ्स्कून र अन्य निकायहरुबाट प्रशस्त तालिम पाएको नेफ्स्कूनका गुणस्तर कार्यक्रमले संस्थामा पारेको सकारात्मक प्रभावले गर्दा छिमेकी साकोसहरुमा पनि विस्तार भएको, एकीकरण अभियानलाई उच्च प्राथामिकता दिईएको, सदस्य सुरक्षण कार्यक्रम अन्र्तगत बिमा कार्यक्रम लगायतका कार्यक्रमहरु विस्तार गरिएको, साकोस एकरुपता प्रणलिलाई धेरै साकोसहरुले अंगिकार गरेको, साकोहरुले नयाँ नयाँ उत्पादन तथा सेवाको खोजिमा रहेको, नेफ्स्कूनका गाईडलाईनहरुलाई पूर्ण पालना गरिएको आदि रहेको देख्न पाए ।

त्यति हुँदाहुँदै पनि नेफ्स्कूनबाट अझै दर्बिलो कार्यक्रमको अपेक्षा गरिएको साथै सहकारीमा लगाईएका विभिन्न नामको करमा नेफ्स्कूनले अझै थप पहल गरी करलाई न्यूनिकरण गर्नुपर्ने, नेफ्स्कूनका वस्तु तथा सेवाहरु गुण्स्तरियमा जोड दिनुपर्ने, साकोसहरु सँगको कार्यक्रमहरुमा शुल्कलाई कम गर्नुपर्ने जस्ता अवधारणा समेत राखोको पाँए, जुन जुन संस्थाले जे जति उन्नति र प्रगति गर्न सफल भएका छन त्यसको श्रेय मुख्य गरी नेफ्स्कूनलाईनै दिएका छन् ।

अन्तत गुण्स्तर प्राप्त अधिकांश साकोसहरुले बिना धितो ऋण दिएको छैनन, यसमा मेरो धारणा के रहेको छ भन्दा संस्थाले गर्ने ऋणको केही प्रतिशत एक निश्चित रकम तोकि छोटो अवधिको लागि बिना धितो ऋण दिनु उचित हुन्छ । किनभने सहकारी लघुवित्तको मस्कत पनि बचत र ऋण दुबैमा गरिव तथा न्यून आय र बिपन्न बर्गलाई बिशेष सुविधा दिनेनै रहेको छ । १४ वर्ष अघि ईण्डोनेशियाको बालीमा आयोजना भएको आकू फोरममा नेफ्स्कूनको प्र.का.अ को हैसियतबाट प्रमुख कार्यकारी अधिकृतहरुको गोष्ठीमा सहभागिता जनाउँदा एउटा देशका केन्द्रीय संघका प्र.का.अ ले उहाँको देशमा गरिबलाई पहिला ऋण दिने अनि त्यो ऋण रकमबाट सहकारीमा शेयर सदस्य बनाउने र बचेको रकमबाट सम्बन्धित सदस्यलाई आयआर्जन कार्यमा लगानी गर्न प्रेरणा दिने, अर्कोतर्फ गुण्स्तरका सूचाँकहरुमा पनि समय सापेक्ष परिवर्तन गर्दे जानुपर्ने देखन्छि । ब्राण्डिङको नाममा ती सूचाङ्कहरुले साकोसहरुको आन्तरिक तथा बाह्य क्षेत्रमा केही अलमल हुन गएको छ । नेफ्स्कूनले विगत ९ वर्षदेखि कार्यान्वयनमा ल्याएको राष्ट्रिय गोष्ठीहरुको अझ गुणस्तर रुपमा कार्यान्वयन गर्नुपर्ने साथै केन्द्रीय संघले सस्तो लोकप्रियता देखाउन नहुने र सदस्य सूचना प्रणाली, साकोस एकरुपता प्रणाली र स्थिरिकरणकोषको कार्यान्वयनमा बिशेष सक्रियता देखाउन पर्ने र कर्जा सुरक्षण कोषको स्थापनाका लागि समेत समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

केन्द्रीय संघले उपलब्ध गराउने सेवा तथा सुवधिा साथै केन्द्रीय संघमा रहने नेतृत्व र व्यवस्थापनको उच्च मूल्याङ्कन अभियानले नै अप्रत्यक्ष रुपबाट गरिरहेको हुँदा यस प्रति अझ सम्वेदनशिल हुँदै संघको गरिमा बढ्दै जानुपर्दछ । साकोस अभियानले जुन किसिमको छलाङ्ग मारेको छ यसले साच्चै नै हामिलाई अत्यन्तै गौराविन्त बनाएको छ ।

जय सहकारी !

shivaadhikari207@gmail.com

(अधिकारी नेफ्स्कून पूर्व का.मु प्रमुख कार्यकारी अधिकृत÷प्रशासन प्रमुख हुनुहुन्छ । उहाँ हाल सिटिजन लाईफ ईन्स्योरेन्सका लघुवित्त विज्ञको रुपमा कार्यरत हुनुहुन्छ)

अभिलेख

लोकप्रिय