सहकारी बैंकलाई ७ वटै प्रदेश शाखा खोल्न स्वीकृति

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको छ ।
प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।
प्रदेश अन्तरगतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालय अन्तरगत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरुसंग समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति दिइएको छ ।
देशमा संघीय संरचना शुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको थियो । बैंकको साधारणसभाको प्रदेश शाखा कार्यालय स्थापना गर्ने निर्णय अनुसार नेपाल राष्ट्र बैंकमा माग गरिएको र स्वीकृति प्राप्त भएको सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
प्रदेश अन्तरगतका शाखाहरुको संयोजनकारी भूमिका निर्वाह गर्ने गरीे छिटै प्रदेश शाखा कार्यालयहरु सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी दिनुभयो । प्रदेश शाखाले सम्बन्धित प्रदेशमा बैंकले सञ्चालन गर्ने शिक्षा, तालिम लगायत प्रशासनिक कामको संयोजक गर्नेछ ।
राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । बैंकका करिव १३ हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकले २ अर्ब ८५ करोड शेयर रकम, ५८ अर्ब निक्षेप र ३० अर्ब कर्जा लगानी गरेको छ ।
बैंकले सदस्य संस्थाहरुसंग वित्तीय कारोबारसंगै संस्थाहरुको संस्थागत विकासका लागि स्तरीकरण लगायत शिक्षा तथा तालिमका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार