२१ हजार ८ सय सदस्यको बिमा गराउँदै मिलिजुली कालिञ्चोक साकोस
दोलखा : भीमेश्वर नगरपालिका–६ चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सबै सदस्यहरुको दुर्घटना बिमा गराउने भएको छ । संस्थामा आवद्ध २१ हजार ८ सय ५३ जना सदस्यको दुर्घटना बिमा संस्थाले गरिदिन लागेको हो । बिमाको लागि संस्थाले प्रभु इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।
सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा, स्थायी पुर्ण अशक्तता भएमा, हुलदंगा तथा आतंकबादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार पाउने गरी दुर्घटना बिमा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो । बिमा वापत सदस्यले कुनै पनि रकम बुझाउनु नपर्ने न्यौपानेले बताउनुभयो । ‘सबै सदस्यको बिमा गराउँदा लाग्ने खर्च संस्थाले नै तिरिदिने छ’, उहाँले भन्नुभयो ।
मिलिजुली कालिञ्चोकको तर्फबाट अध्यक्ष नारायण बहादुर श्रेष्ठ र प्रभु इन्स्योरेन्सको तर्फबाट चरिकोट शाखाका प्रमुख मानबहादुर बटाला बीच संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । उक्त सम्झौता कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत लगायत अधिकृत कर्मचारीहरु उपस्थीती रहेको थियो ।
संस्थाको कुल वासलत १ अर्ब २२ बरोड १० लाख ८२ हजार ७ सय ७ रुपैयाँ रहेको छ । संस्थाले ८५ करोड ८२ लाख १२ हजार ७ सय ८६ रुपैयाँ बचत संकलन गरी ९६ करोड ६६ लाख ६८ हजार ९ सय ७८ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको कार्यक्षेत्र दोलखा जिल्ला भर रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार