अर्थभूमि साकोसमा गाभियो नयाँपुल, एकीकरणको लागि थप प्रयास जारी
दोलखा : भिमेश्वर नगरपालिका स्थित अर्थभूमि बचत तथा ऋण सहकारीरु संस्थाले थप एक वटा सहकारी एकीकरण गरेको छ । बैतेश्वर गाउँपालिका–६ मा रहेको नयाँपुल बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण सम्पन्न गरेको हो ।
अर्थभूूमि साकोस २०७२ साल कार्तिक ११ गते ३ वटा सहकारी संस्था एकीकरण गरेको थियो । त्यस्तै २०७७ मा थप एक सहकारी एकीकरण गर्न सफल भएको हो । अर्थभूूमि साकोसले एकीकरण गर्न अन्य सहकारीहरुसँग पनि पहल गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद दहालले बताउनुभयो ।
संस्थाको दर्ता ३३९/०५४/०५५ कायम गर्दै फागुन ७ गते बागमती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृत प्राप्त गरेको छ ।
हाल संस्थाको कार्य क्षेत्र दोलखा जिल्ला भर भए पनि साकोसले पहिलो चरणमा बैतेश्वर गाउँपालिकामा सेवा केन्द्र विस्तार गर्न र दोस्रो चरणमा कालिञ्चोक गाउँपालिका, विग गाउँपालिका र शैलङ्ग गाउँपालिकामा पनि कार्य क्षेत्र विस्तार गर्ने अध्यक्ष कृष्णप्रसाद दहालले बताउनु भयो ।
हाल संस्थाको मुख्य कार्यालय भिमेश्वर नगरपालिकाबाट र भिमेश्वर–५ बाट सेवा दिदै आएको छ । हाल संस्थामा ३ हजार २ सय २० सदस्य र ६ सय ३० बाल बचतकर्ता रहेका छन् । संस्थाको कुल वासलात २८ करोड रहेको छ । संस्था नेफस्कुनले संञ्चाल गरेको प्रोवेसन ब्राणमा पनि सहभागिता रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार