मिलिजुली कालिञ्चाेक साकाेसका सदस्यलाई कर अनुशिक्षण
दाेलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई आयकर तथा मुल्य अभिबृद्धि कर सम्बन्धि अनुशिक्षण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ ।
करदाता सेवा कार्यालय चरिकोट दोलखाको प्राविधिक सहयोग तथा दोलखा चेम्बर अफ कमर्स सँगको सहकार्यमा संस्थाले कार्यक्रम सञ्चालन गरेकाे हाे । आफ्नो कार्यक्षेत्र भित्र रहेको व्यापारिक क्षेत्रका सदस्य तथा सम्भावित सदस्यहरुलाई कर सम्बन्धि अनुशिक्षण तथा छलफल कार्यक्रम सञ्चालन गर्दै जाने संस्थाले योजना समेत बनाएको छ । `अन्जानमा कानून क्षमा हुँदैन´ भन्ने कानूनी मान्यतालाई आत्मासाथ गर्दै संस्थामा आवद्ध सदस्यहरु कर कानूनमा जानकार हुनुपर्दछ भन्ने मान्यता राख्दै कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएकाे छ ।
कार्यक्रममा दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु श्रेष्ठले स्वागत मन्तब्यको साथै कार्यक्रमको उद्देश्य स्पस्ट पार्नुभएको थियो । त्यस्तै दोलखा चेम्बर अफ कमर्सका महासचिव पाण्डव सिंह पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा ६० जना सदस्य तथा सम्भावित सदस्यहरु सहभागि हुनुभएको थियो । यस कार्यक्रम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता र करदाता सेवा कार्यालय चरिकोट दोलखाका कर अधिकृत देवानन्द काफ्लेकाे प्रमुख आतित्थ्यतामा सञ्चालन भएको थियो । करदाता सेवा कार्यालयका कर अधिकृत देवानन्द काफ्लेले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागिको तर्फबाट उठेका जिज्ञासाहरुलाई उहाँले प्रस्टयाउनुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार