मिलिजुली कालिञ्चाेक साकाेसका सदस्यलाई कर अनुशिक्षण

दाेलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई आयकर तथा मुल्य अभिबृद्धि कर सम्बन्धि अनुशिक्षण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ ।
करदाता सेवा कार्यालय चरिकोट दोलखाको प्राविधिक सहयोग तथा दोलखा चेम्बर अफ कमर्स सँगको सहकार्यमा संस्थाले कार्यक्रम सञ्चालन गरेकाे हाे । आफ्नो कार्यक्षेत्र भित्र रहेको व्यापारिक क्षेत्रका सदस्य तथा सम्भावित सदस्यहरुलाई कर सम्बन्धि अनुशिक्षण तथा छलफल कार्यक्रम सञ्चालन गर्दै जाने संस्थाले योजना समेत बनाएको छ । `अन्जानमा कानून क्षमा हुँदैन´ भन्ने कानूनी मान्यतालाई आत्मासाथ गर्दै संस्थामा आवद्ध सदस्यहरु कर कानूनमा जानकार हुनुपर्दछ भन्ने मान्यता राख्दै कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएकाे छ ।
कार्यक्रममा दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु श्रेष्ठले स्वागत मन्तब्यको साथै कार्यक्रमको उद्देश्य स्पस्ट पार्नुभएको थियो । त्यस्तै दोलखा चेम्बर अफ कमर्सका महासचिव पाण्डव सिंह पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा ६० जना सदस्य तथा सम्भावित सदस्यहरु सहभागि हुनुभएको थियो । यस कार्यक्रम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता र करदाता सेवा कार्यालय चरिकोट दोलखाका कर अधिकृत देवानन्द काफ्लेकाे प्रमुख आतित्थ्यतामा सञ्चालन भएको थियो । करदाता सेवा कार्यालयका कर अधिकृत देवानन्द काफ्लेले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागिको तर्फबाट उठेका जिज्ञासाहरुलाई उहाँले प्रस्टयाउनुभएको थियो ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार