धादिङमा सहकारी एकीकरण अभियान, हाइवे साकोस र श्री सरस्वती महिला बीच एकीकरण
धादिङ : गल्छी गाउँपालिका–६ स्थित हाइवे बचत तथा ऋण सहकारी संस्था र थाक्रे गाउँपालिका–७ स्थित श्री सरस्वती महिला बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।
दुई संस्था एकीकरण गरी एक सक्षम सहकारी संस्था निर्माण गर्ने उद्देश्यले समान प्रकृतिका दुई सहकारी एक भएको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।
एउटै लक्ष्य उद्देश्य र एउटै कार्यक्षेत्र रहेको तर सानो पुँजी निर्माणका कारण सदस्यहरुको मागलाई सम्बोधन गर्न नसकिएको हुँदा उद्यमशीलता प्रवर्द्धन र व्यावसायिकता विकासका लागि सहकारी एकीकरणको विकल्प नभएको एकीकृत संस्थाका अध्यक्ष उमा सिंखडा नेपालले बताउनुभयो ।
एकीकृत हाइवे साकोसमा कुल ३४ सय १८ सेयर सदस्य मध्ये १९ सय ८२ महिला सदस्यहरु हुनुहुन्छ । कुल २२ करोड ६० लाख संयुक्त कारोबार रहेको उक्त संस्थाको २ करोड ३१ लाख सेयर पुँजी, १६ लाख ६ करोड बचत र १६ करोड ४१ लाख ऋण लगानी रहेको छ ।
संस्थामा महिला सेयर सदस्यहरुलाई लक्षित गरि लघुवित्त सेवा साथै महिला उद्यमशिलता प्रवर्द्धनका कार्यक्रमहरु अगाडि बढाइने योजना रहेको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।
गत मंसिर र पुसमा बार्षिक साधारणसभा सम्पन्न गरेका दुवै संस्थाले एकीकरणसँगै संयुक्त सभा गरेका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार