उपासना महिला साकोसका समितिलाई प्रशिक्षण र अर्ध वार्षिक समिक्षा सम्पन्न
काठमाडौं : नागार्जुन– ४ सितापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले अर्ध वार्षिक समिक्षा तथा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । बिहीबार सञ्चालक समिति, लेखा समिति र विभिन्न उपसमितिका पदाधिकारीहरुलाई एक दिवसीय गोष्ठी र अर्ध वार्षिक समिक्षा सम्पन्न गरेको हो ।
संस्थाको ११ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति, लेखा समिति र विभिन्न उपसमितिका पदाधिकारीहरुलाई उनीहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारीको बारेमा जानकारी दिने उद्देश्यले गोष्ठीको आयोजना गरेको हो । विभिन्न समितिहरुको काम, कर्तव्य र अधिकारको बारेमा प्रशिक्षक राजकुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै संस्थाले अर्ध वार्षिक समिक्षा पनि सम्पन्न गरेको छ । संस्थाको वर्तमान अवस्था, आगामी लक्ष्य, सम्भावना, अवसर र चुनौतीका बारेमा छलफल गरेको थियो । संस्थाको वर्तमान अवस्थाका बारेमा संस्थाका प्रशासनिक अधिकृत सलोनी मोक्तानले जानकारी गराउनु भएको थियो ।
संस्थाका अध्यक्ष अमरावती बलामी महर्जनले संस्थाको , आगामी लक्ष्य, सम्भावना, अवसर र चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाको अर्ध वार्षिक समिक्षा गोष्ठिमा वार्षिक कार्ययोजना कार्यान्वयनको अवस्था बारेमा समेत जानकारी गराउनु भएको थियो ।

संस्थाको सेयर पुँजी १ करोड २५ लाख, बचत ६ करोड ६२ कर्जा ९ करोड र सदस्य संख्या ४ हजार रहेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार राज्यलक्ष्मी श्रेष्ठ, अनुपमान राजभण्डारी, रामबाबु सेढाईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार