पुतलीबजारमा सहकारी बैंकको ६८ औं शाखा, एकै दिन २० करोड बचत संकलन
स्याङ्जा : राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६८ औं शाखा बिहीबारदेखि स्याङ्जाको पुतलीबजारमा शुरु भएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले समृद्ध नेपाल निर्माणका लागि सहकारी अभियानको योगदान बढाउनु पर्नेमा जोड दिनु भएको थियो । सहकारीमा रहेको पूँजिलाई उत्पादन क्षेत्रमा लगाउनका लागि राष्ट्रिय सहकारी बैंकले थपप्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिदै उहाँले त्यसमा स्थानीयतहको सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको अवधारणा अनुसार सहकारीहरुले काम गर्ने हो भने गरिवीनिवारणका लागि सहकारीको भूमिका सबैभन्दा प्रभावकारी हुने धारणा राख्नुभयो । सहकारीका नाममा गलत गर्नेहरुलाई समयमै पाखा लगाउनका लागि अभियानका असल अभियन्ताहरुको सक्रियता आवश्यक रहेको उहाँको भनाइ थियो । सहकारी क्षेत्र ७३ लाखजनता आवद्ध भएको प्रभावकारी क्षेत्र भएकाले यसलाई उत्पादनमा लगाउनका लागि सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मपति पौडेल, बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले सहकारीहरुको बैंक सहकारी बैंकको शाखा पुतलीबजारमा शुरु भएकाले सबै सहकारी संघ संस्थाहरुलाई सहकारी बैंकमा कारोबार गर्न आव्हान गर्नु भएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको विगत, वर्तमान र आगामी योजनाकाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले सहकारी बैंकमार्फत सहकारीहरुको प्रवद्र्धनमा सबैको ऐक्यवद्धतामा जोड दिनु भएको थियो ।
कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र वालिङ शाखा समन्वय उपसमितिका संयोजक पूण्य प्रसाद अर्यालको स्वागतमा सम्पन्नभएको थियो ।
स्याङ्जाका पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका, विरुवागाउँपालिका, हरिनास गाउँपालिकालाई केन्द्रीत गरी शाखा सञ्चालन गरिएको र शाखामा उद्घाटनको दिनसम्म २० करोड बचत संकलन भएको शाखा प्रमुख पुष्पा क्षेत्रीले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार