गाउँ गाउँमा जनसचेतन साकोसको सहकारी शिक्षा
दोलखा : बैतेश्वर गाउँपालिकामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । संस्थाले मेलुङ गाउँपालिका– ३, सेवा केन्द्र विस्तारको क्रममा घयाङसुकाटोकरमा सहकारी शिक्षा तालिम सम्पन्न गरेको हो ।
सहकारी शिक्षाको साथै संस्थाले सम्भाव्यता अध्यन पनि गरेको संस्थाका अध्यक्ष हेमन्त चौलागाईले बताउनुभयो ।
संस्थाले समुदायको राय सल्लाह र माग अनुसार नै सेवा केन्द्र विस्तार गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बताउनुभयो ।
सहकारी शिक्षा तालिममा ६० जानाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष भीम दहालले प्रशिक्षण दिनु भएको थियो । सहकाररुी शिक्षाको महत्व र बचत गर्दाको फाईदाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संस्था अध्यक्ष हेमन्त चौलागाई, उपाध्यक्ष स्वास्थानी कुँवार र संस्थाका सह सचिव शिवराम ढकालको सहभागिता थियो ।
प्रमुख कार्यकारी अधिकृत दहालका अनुसार हाल संस्थाले १४ वटा सेवा केन्द्रबाट ३२ हजार शेयर सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । जनसचेतन साकोसको कुल वासलत १ अर्ब ७६ करोड रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार