यस्तो बन्योे नेपाल सहकारी बैंकको टीम

काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समिति गठन गरिएको छ ।
बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।
संचालक समितिमा झापाबाट दुर्गा प्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्र प्रसाद जयसवाल र विनोद कुमार दत्त, भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुव राज पौडेल, स्याङ्जाबाट केशव प्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा चयन हुनुभएको छ ।
काठमाडौंबाट शम्भु प्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्प बहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा। ज्ञानेन्द्र प्रसाद पौडेल र दिलिप पौडेल सदस्य रहनुभएको छ ।
यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरद कुमार महर्जन, शशि खड्का र विनोद ढंगोलले समितिमा प्रतिनिधित्व गर्नुभएको छ ।
भेलाले काठमाडौंका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । समितिमा गोरखाका निधि प्रसाद तिमल्सिना र ललितपुरका किशोर महर्जन सदस्य रहनुभएको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार