जनमुखी साकोसमा चुनावी सगर्मी, वर्तमान अध्यक्ष र पूर्व अध्यक्षबीच कडा प्रतिस्पर्धा
दोलखा : वैतेश्वर गाउँपालिका– ५ स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थामा चुनावी सगर्मी बढेको छ ।
संस्थाको आगामी कार्यकालको लागि सञ्चालक समिति र लेखा समितिको निर्वाचन माघ १७ तय भएको छ । माघ ३ गतेलाई निर्वाचनको मिति तोकेको भएपनि विभिन्न कारण देखाउँदै १७ गतेलाई सारिएको थियो ।
अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष सिताराम दहाल र पूर्व अध्यक्ष माधवप्रसाद दहालबीच प्रतिस्पर्धा हुने निश्चित ।
सिताराम दहाल दोलखा जिल्लाकै एक नमुना विद्यालयका सहायक प्रध्यानाध्यापक र क्याम्पसका शिक्षक हुन् भने पुर्व अध्यक्ष माधवप्रसाद दहाल बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । त्यस्तै उपाध्यक्षमा वर्तमान लेखा संयोजक शंकर बस्नेत र पूर्व सञ्चालक समितिका सह–सचिव गिता कृष्ण शर्मा बीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै सचिवमा लक्ष्मण चौलागाई, सह–सचिवमा विशाल गिरी र कोषाध्यक्षमा राजन के सी निरविरोध निर्वाचित भैसकेका छन् ।
त्यस्तै काब्रे, नाम्दु, दलित र जनजाति सदस्य पदको लागि पनि निर्वाचन हुनेछ । काब्रे सदस्यको लागि राजन कुमार दहाल, रविन दहाल, यम बहादुर घिमिरे र नाम्दु सदस्यमा कमल प्रसाद चौलागाई, नवराज खड्का र दधिराम घिमिरे बीच प्रतिस्पर्धा हुँदै छ । जनजाति सदस्यमा गिता भुजेल र झलक बहादुर भुजेल बीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै लेखा समितिमा पनि निरविरोध निर्वाचित भैसकेको छ । संयोजकमा प्रशान्त चौलागाई र सदस्यहरुमा तोयानाथ दहाल र प्रेम प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।
निर्वाचनको लागि मत पत्र छाप्ने काम सम्पन्न भएको निर्वाचन समितिका सदस्य मुक्तिप्रसाद दहालले जानकारी दिनुभयो । निर्वाचनको लागि सुरक्षा व्यवस्था पनि कडा पारीएको र स्थानिय प्रहरी, जिरीबाट पनि प्रहरीले सुरक्षा दिने बताउनु भयो ।
निर्वाचनमा १२ हाजार ५ सय शेयर सदस्यहरुले भाग लिने निर्वाचन समितिका सदस्य दहालले बताउनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार