जनहित बहुउद्देश्यीयको स्थापना दिवसमा बालबालिकालाई पौष्टिक आहार वितरण
२०७७ माघ १२, सोमबार

दोलखा : भीमेश्वर नगरपालिका–३ स्थित जनहित बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा बालबालिकालाई पौष्टिक आहार वितरण गरेको छ ।
स्थापना दिवसको अवसमा सदरमुकाममा रहेको आवाज नेपालको संस्थामा रहेका बालबालिकाहरुको लागि पौष्टिक आहार वितरण गरेको हो । आवाज नेपालमा हाल २२ जाना बालबालिका रहेका छन् ।
संस्थाका अध्यक्ष दिनेश चन्द्र बस्नेतको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा पौष्टिक आहार वितरण गरिएको थियो ।
२०५० सालमा स्थापना भएको जनहित बहुउद्देश्यीय संस्थाले सुरुमा रासायनिक मल, कृषि औजारहरु विरण गरेको थियो । २०६४ सालबाट वित्तीय कारोबार समेत सुरु गरेको थियो । संस्थाको कुल वासलात ३४ करोडको पुगेको संस्थाका व्यवस्थापक रमेचन्द्र बस्नेतले बताउनुभयो । हाल संस्थामा २ हजार ३ सय २७ जना सदस्य र ७ सय ७३ जना बाल बचतकर्ता रहेका छन् ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार