आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
काठमाडौं : आवास क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ ।
संघको नाम समृद्ध आवास विशिष्टीकृत सहकारी संघ लिमिटेड प्रस्ताव गरिएको छ । काठमाडौंमा आज (सोमबार) भएको भेलाले तर्दथ समिति समेत गठन गरेको छ । संघको कार्यालय काठमाडौं महानगरपालिका–१० अन्तर्गत रहने छ ।
तदर्थ समितिको अध्यक्षमा प्रदीप थापा चयन हुनुभएको छ । उहाँ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, काभ्रेको प्रतिनिधित्व गर्दै तर्दथ समितिको अध्यक्ष बन्नुभएको हो । प्रारम्भिक भेलामा ३० वटा सहकारी संस्थाको प्रतिनिधित्व रहेको छ । संस्थाहरुले २५ लाखदेखि १ करोड रुपैयाँसम्म सेयर राखेका छन् । तर्दथ समितिको उपाध्यक्षमा उद्धव सापकोटा, महासचिवमा विकल्प पाठक, कोषाध्यक्षमा राजकुमार लामा रहनु भएको छ ।

संघको कार्यक्षेत्र देशभर रहने छ । तदर्थ समितिमा सातै प्रदेशको प्रतिनिधित्व रहेको छ । संघको सञ्चालक समिति १३ सदस्यीय रहने बताईएको छ । संघको सेयर पुँजी १ करोड रुपैयाँ हुने जनाईएको छ ।
संघले आवास क्षेत्रमा काम गर्नेछ । संघले आधुनिक सहर निमार्ण गर्ने परिकल्पना गरेको छ ।

प्रारम्भिक भेलामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार