आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब

काठमाडौं : आवास क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ ।
संघको नाम समृद्ध आवास विशिष्टीकृत सहकारी संघ लिमिटेड प्रस्ताव गरिएको छ । काठमाडौंमा आज (सोमबार) भएको भेलाले तर्दथ समिति समेत गठन गरेको छ । संघको कार्यालय काठमाडौं महानगरपालिका–१० अन्तर्गत रहने छ ।
तदर्थ समितिको अध्यक्षमा प्रदीप थापा चयन हुनुभएको छ । उहाँ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, काभ्रेको प्रतिनिधित्व गर्दै तर्दथ समितिको अध्यक्ष बन्नुभएको हो । प्रारम्भिक भेलामा ३० वटा सहकारी संस्थाको प्रतिनिधित्व रहेको छ । संस्थाहरुले २५ लाखदेखि १ करोड रुपैयाँसम्म सेयर राखेका छन् । तर्दथ समितिको उपाध्यक्षमा उद्धव सापकोटा, महासचिवमा विकल्प पाठक, कोषाध्यक्षमा राजकुमार लामा रहनु भएको छ ।
संघको कार्यक्षेत्र देशभर रहने छ । तदर्थ समितिमा सातै प्रदेशको प्रतिनिधित्व रहेको छ । संघको सञ्चालक समिति १३ सदस्यीय रहने बताईएको छ । संघको सेयर पुँजी १ करोड रुपैयाँ हुने जनाईएको छ ।
संघले आवास क्षेत्रमा काम गर्नेछ । संघले आधुनिक सहर निमार्ण गर्ने परिकल्पना गरेको छ ।
प्रारम्भिक भेलामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार