सहकारी बैंकको लाइसेन्स रद्द
भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबार महाराष्ट्रको कराडस्थित कराड जनता सहकारी बैंकको लाइसेन्स रद्द गरिदिएको छ ।
आरबीआईले सहकारी बैंकसँग कारोबारको सञ्चालनका लागि आवश्यक पूँजी नभएको भन्दै लाइसेन्स रद्द गरिदिएको जनाएको छ । आरबीआईका अनुसार, उक्त बैंकसँग आम्दानीको पनि कुनै सम्भावना थिएन ।
लाइसेन्स रद्द हुनुको मतलब अब उक्त सहकारी बैंक बन्द हुनेछ। यद्यपी आरबीआईले भनेको छ कि, ९९ प्रतिशत निक्षेपकर्ताहरुलाई उनीहरुको सम्पूर्ण जम्मा पूँजी प्राप्त हुनेछ । निक्षेपकर्ताहरुलाई उक्त रकम डिपोजिट इन्स्योरेन्स एण्ड क्रेडिट ग्यारेन्टी कर्पाेरेशन (डीआईसीजीसी) बाट प्राप्त हुनेछ ।
७ डिसेम्बरमा कार्य समाप्त भएपछि सहकारी बैंकको लाइसेन्स रद्द गरिएको हो । सहकारी बैंकले तत्काल बैंकिङ कामकाज गर्न सक्ने छैन, जसमा डिपोजिट स्वीकार गर्नु र डिपोजिट भुक्तान गर्नु पनि शामिल रहेको छ ।
लाइसेन्स रद्द भएपछि र तरलताको प्रक्रिया सुरु भएसँगै सहकारी बैंकको निक्षेपकर्ताहरुलाई पैसा फिर्ता गर्ने प्रक्रिया सुरु हुनेछ ।
आरबीआईले बैंकलाई नियमित राख्नु निक्षेपकर्ताहरुको हितमा नभएको जनाएको छ। हालको स्थितिमा बैंकले आफ्ना निक्षेपकर्ताहरुलाई पूरै भुक्तानी गर्न पनि सक्दैन । यदि बैंकको कार्यलाई चालु राखियो भने यसबाट जनहित प्रभावित हुनेछ । एजेन्सी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार