सहकारी बैंकको लाइसेन्स रद्द

भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबार महाराष्ट्रको कराडस्थित कराड जनता सहकारी बैंकको लाइसेन्स रद्द गरिदिएको छ ।
आरबीआईले सहकारी बैंकसँग कारोबारको सञ्चालनका लागि आवश्यक पूँजी नभएको भन्दै लाइसेन्स रद्द गरिदिएको जनाएको छ । आरबीआईका अनुसार, उक्त बैंकसँग आम्दानीको पनि कुनै सम्भावना थिएन ।
लाइसेन्स रद्द हुनुको मतलब अब उक्त सहकारी बैंक बन्द हुनेछ। यद्यपी आरबीआईले भनेको छ कि, ९९ प्रतिशत निक्षेपकर्ताहरुलाई उनीहरुको सम्पूर्ण जम्मा पूँजी प्राप्त हुनेछ । निक्षेपकर्ताहरुलाई उक्त रकम डिपोजिट इन्स्योरेन्स एण्ड क्रेडिट ग्यारेन्टी कर्पाेरेशन (डीआईसीजीसी) बाट प्राप्त हुनेछ ।
७ डिसेम्बरमा कार्य समाप्त भएपछि सहकारी बैंकको लाइसेन्स रद्द गरिएको हो । सहकारी बैंकले तत्काल बैंकिङ कामकाज गर्न सक्ने छैन, जसमा डिपोजिट स्वीकार गर्नु र डिपोजिट भुक्तान गर्नु पनि शामिल रहेको छ ।
लाइसेन्स रद्द भएपछि र तरलताको प्रक्रिया सुरु भएसँगै सहकारी बैंकको निक्षेपकर्ताहरुलाई पैसा फिर्ता गर्ने प्रक्रिया सुरु हुनेछ ।
आरबीआईले बैंकलाई नियमित राख्नु निक्षेपकर्ताहरुको हितमा नभएको जनाएको छ। हालको स्थितिमा बैंकले आफ्ना निक्षेपकर्ताहरुलाई पूरै भुक्तानी गर्न पनि सक्दैन । यदि बैंकको कार्यलाई चालु राखियो भने यसबाट जनहित प्रभावित हुनेछ । एजेन्सी
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार