३० असार २०८३, मङ्गलबार

चालु आर्थिक वर्षभित्र १ अर्ब वासलत र ७ सय ३० सदस्य पुर्याउँछौं : अध्यक्ष सापकोटा

२०७७ कात्तिक २३, आईतवार
चालु आर्थिक वर्षभित्र १ अर्ब वासलत र ७ सय ३० सदस्य पुर्याउँछौं : अध्यक्ष सापकोटा

काठमाडौं, २३ कार्तिक

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित प्रथम अध्यक्ष उद्धव सापकोटाले चालु आर्थिक वर्षको बाँकी समयभित्रमा संघमा ७ सय ३० सदस्य र १ अर्ब माथिको वासलात पुर्याउने लक्ष्य रहेको बताउनुभएको छ ।

अबको ६ महिना बढीको समयावधि भित्र ९ करोड रुपैयाँको शेयर तथा ९७ करोडको बचतसहित १ अर्ब माथिको कारोबार पुर्याउने योजना रहेको नवनियुक्त अध्यक्षले बताउनुभयो । शनिबार काभ्रेको बनेपामा सम्पन्न संघको प्रारम्भिक साधारण सभाले सापकोटाको अध्यक्षतमा सञ्चालक समिति र केशब प्रसाद दंगालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो ।

अध्यक्ष उद्धव सापकोटाले सबैको साथ र सहयोगका आधारमा तोकिएको समय अगावै संघले लक्ष्य हासिल गर्ने दाबी गर्नुभयो । “राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघहरु लगायत धेरै प्रारम्भिक संस्थाहरुको हामीलाई साथ र सहयोग छ,” सापकोटाले भन्नुभयो, “यस किसिमको अभूतपूर्व साथ र सहयोगको बलमा हामी सजिलै र छिट्टै लक्ष्यमा पुग्छौं ।” हाल काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संघको काठमाडौं र हेटौडामा कार्यालय विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

“हामीसँग नेफ्स्कूनकै सञ्चालकदेखि लिएर १३ वटा जिल्ला संघका अध्यक्ष एवम् प्रतिनिधिहरु, ब्राण्डेड संस्थाका सञ्चालक समितिका साथीहरुको सहभागिता भएकाले नर्वनिर्वाचित सञ्चालक समिति एकदमै सक्षम र जुझारु छ,” बनेपाको ज्योति मिर्मिरे साकोसका अध्यक्ष समेत रहनुभएका सापकोटाले भन्नुभयो, “समावेशी, सहभागितामूलक र सक्रिय टीमले निर्धारित लक्ष्यहरु हासिल गर्ने कुरामा कुनै दुइमत छैन ।” यसका लागि बागमती प्रदेश र यस अन्तर्गतका स्थानीय सरकारहरुसँग रणनीतिक साझेदारीका आधारमा गर्ने योजना अध्यक्ष सापकोटाले सुनाउनुभयो ।

सहकारी शिक्षा, सुशासन, एकीकरण,सहकारीलाई उत्पादन प्रणालीसँग जोड्ने लगायतका आवश्यकता संघको प्राथमिकताका क्षेत्रहरु भएको उहाँले बताउनुभयो ।

 

बागमती प्रदेश बचत संघकाे अध्यक्षमा सापकाेटा चयन, सचिवमा गाेविन्द काफ्ले भारी मतले निर्वाचित

अभिलेख

लोकप्रिय