सहकारी संस्थामार्फत खाद्यान्न खरिदबिक्री गर्दा किसानलाई र सहकारीलाई प्रतिकिलो २/२ रुपैयाँ अनुदान
हेटौंडा, २३ कार्तिक
मकवानपुरगढी गाउँपालिकाले कृषिकर्मतर्फ पालिकाका बासिन्दालाई आकर्षित गर्ने उद्देश्यले खाद्यान्न बिक्रीमा अनुदानको व्यवस्था गरेको छ ।
संघीय, प्रदेश वा स्थानीय सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यान्न बेच्ने किसानलाई गाउँपालिकाले प्रतिकिलो २ रुपैयाँका दरले अनुदान वितरण गर्ने जनाएको छ । सहकारी संस्थामार्फत खाद्यान्न खरिदबिक्री गर्ने गरी अनुदानको कार्यक्रम घोषणा गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
गाउँपालिकाभित्रकै सहकारी संस्थालाई खाद्यान्नमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि सूचीकृत हुनसमेत सूचित गरिएको छ । गाउँपालिकाभित्रका सबै प्रकृतिका सहकारीले सूचीकृत भएर गाउँपालिकाका किसानले गाउँपालिकाभित्रै उत्पादन गरेका खाद्यान्न खरिद गर्न पाउने व्यवस्था गरिएको हो ।
गाउँपालिकाले किसानलाई २ रुपैयाँ र सहकारीलाई पनि २ रुपैयाँ गरी प्रतिकिलो ४ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।
यसरी पालिकामा सूचीकृत भई किसानको खाद्यान्न खरिद गर्ने सहकारीले पनि प्रतिकिलो २ रुपैयाँ अनुदान प्राप्त गर्नेछन् । किसानसँग किनेको खाद्यान्नको भण्डारण र व्यवस्थापन गर्न सहकारीलाई प्रतिकिलो २ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार