पुस मसान्तभित्र साधारणसभा सक्न विभागको निर्देशन
काठमाडौं, २३ कार्तिक
काठमाडौं महानगर पालिकाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी १५ दिनभित्र प्रतिवेदन पठाउन सहकारीहरुलाई निर्देशन दिएको छ ।
काठमाडौं महानगरलाई कार्य क्षेत्र भएका सहकारीहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।
सहकारीहरुले साधारण सभा (कार्य व्यवस्था निर्देशिका–२०७६) बमोजिम गणपृुरक संख्या पु¥याएर मात्र साधारण सभा गर्नुपर्नेछ । यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरुमा पर्याप्त छलफल गराउनु पर्छ । यसैगरी यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच निर्वाचन गराउनुपर्छ ।’
सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामा सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारण सभाका लागि आग्रह गरेका हौं । विभागका उपनिर्देशक सुमन अधिकारीले साधारण सभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएको बताउनुभयो । यसले सूचना संकलनमा एकरुपता कायम हुने उहाँको भनाइ छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार