जनउत्थान साकाेसकाे अध्यक्षमा पुनः ज्ञानु पाैडेल, संस्थाले सक्षम नेतृत्व पाएकाे प्रतिक्रिया
भैरहवा, २२ कार्तिक
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः ज्ञानु पौड्याल निर्वाचित हुनुभएकाे छ । संस्थाको १५ औं वार्षिक साधारणसभाले आगामी ४ वर्ष कार्यकालको लागि पुनः पौड्यालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हाे । संस्थाकाे नवनिर्वाचित सञ्चालक समितिकाे उपाध्यक्षमा गिरी प्रसाद पुन, सचिवमा सरु राना र कोषाध्यक्षमा विष्णुमाया कुंवर रहनुभएकाे छ । त्यस्तै सदस्यमा निलप्रसाद पुन, बुद्धिबल न्यौपाने, कर्णबहादुर पुन, जमुना तिवारी, शान्ति अधिकारी र रामप्रसाद अर्याल निर्वाचित हुनुभएकाे छ ।
साधारणसभाले अनिल थापा श्रीसको संयोजकत्वमा लेखा समिति निर्वाचित गरेको छ । समितिको सदस्यमा कोपला रानाभाट ज्ञवाली र घनश्याम रेग्मी रहनुभएकाे छ ।
साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष मेखराज पुनले संस्थाले पुनः एक सक्षम नेतृत्व पाएको बताउनुभयाे । सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले सहकारीमार्फत गरीबी न्यूनीकरण गर्ने उद्देश्य रहेको बताउनुभयाे । हाल ४ वटा सेवा केन्द्रमार्फत सहकारीले सेवा दिइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमा नगर कार्यपालिका सदस्य एच.बी. रम्तेल, यम बहादुर थापा, चेतराम पराजुली, टिकाराम पाण्डे, रामेश्वर ढकाल, मोहनसिंह गुरुङ, सूर्य कुमार सारु मगरले जनउत्थान सहकारीले सञ्चालन गर्दै आएकाेे कामकाे बारेमा मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट पूर्ण कुमार गुरुङलाई सम्मान गरिएको थियो । सहकारीमा २०७७ असार मसान्तसम्म शेयर सदस्यको संख्या १९ हजार ४ सय २९ रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार