३० असार २०८३, मङ्गलबार

बागमती प्रदेश बचत संघकाे अध्यक्षमा सापकाेटा चयन, सचिवमा गाेविन्द काफ्ले भारी मतले निर्वाचित

२०७७ कात्तिक २२, शनिवार
बागमती प्रदेश बचत संघकाे अध्यक्षमा सापकाेटा चयन, सचिवमा गाेविन्द काफ्ले भारी मतले निर्वाचित

काठमाडौं, २२ कार्तिक

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकाे अध्यक्षमा उद्दव सापकाेटा निर्वाचन हुनुभएकाे छ । शनिबार बनेपामा सम्पन्न प्रारम्भिक साधारणसभाले सापकाेटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे । उहाँ तदर्थ समितिका पनि अध्यक्ष हुनुहुन्थ्यो ।

साधारणसभामा सचिव पदका लागि मात्र निर्वाचन भएकाे थियाे । नवनिर्वाचित सञ्चालक समितिकाे वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा राधा सिंतान, महासचिवमा जिवसराज खड्का, सचिवमा गाेविन्द काफ्ने, काेषाध्यक्षमा टापबहादुर श्रेष्ठ रहनु भएकाे छ । सचिवमा गाेविन्द काफ्ले र कमलराज अधिकारी बीच प्रतिस्पर्धा भएकाेे थियाे । अधिकारीले १२ मत र काफ्लेले ६३ मत प्राप्त गर्नुभएकाे थियाे ।

समितिकाे सदस्यहरूमा ईन्द्र घिमिरे, प्रकाश बञ्जारा, तेजबहादुर खड्का, राधा कडरिया, प्रदिप थापा, ठाकुरप्रसाद बास्काेटा, कृष्णहरि काेईराला, चक्रबहादुर बस्नेत, जगन्नाथ दाहाल, ओमप्रसाद आचार्य र कृष्ण गोविन्द लाखाजु चयन हुनुभएकाे छ । त्यस्तै लेखा समितिकाे संयाेजकमा केशवप्रसाद दंगाल र सदस्यहरूमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ चयन हुनुभएकाे छ ।

अभिलेख

लोकप्रिय