३० असार २०८३, मङ्गलबार

समानान्तर सहकारीमा निक्षेप जम्मा गर्न नपाईने

२०७७ कात्तिक १९, बुधबार
समानान्तर सहकारीमा निक्षेप जम्मा गर्न नपाईने

काठमाडौं, १९ कार्तिक

अब प्रारम्भिक सहकारी संस्थाहरु अर्को समान प्रकृतिको सहकारी (प्रारम्भिक) संस्थामा निक्षेप राख्न नपाउने भएको छ । आफू सदस्य रहेको विषयगत संघ वा सहकारी वैंक बाहेक कुनै पनि संस्थाले समानान्तर अर्को प्रारम्भिक संस्थामा बचत निक्षेप जम्मा समेत गर्न नपाउने भएको हो ।

त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने एउटा सहकारी संस्थाले सोही प्रकृतिको कारोबार गर्ने अर्को संस्थाको शेयर खरीद गर्न नपाउने भएको छ । बागमती प्रदेश सहकारी संघ/संस्था दर्ता, संचालन, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०७७ अनुसार विषयगत संघ वा सहकारी बैंकमा राखिएको निक्षेप रकमलाई तरलतामा गणना गरिने छ ।

त्यस्तै प्रचलित कानून तथा सहकारी ऐन तथा नियमावलीको अधिनमा रही सहकारी संस्थाहरुले साझेदारीमा उद्योग व्यवसायहरु, परियोजन, प्रशोधन कारखाना, आदि संचालन गर्न सक्ने छन् । सो जानकारी विभागलाई दिनु पर्ने मापदण्डले जनाएको छ ।

उद्योग व्यवसायको व्यवस्थापनका लागि संचालक समितिले संचालक सदस्यबाट अवधि तोकी प्रतिनिधित्व गराउनु पर्नेछ वा विनियममा व्यवस्था गरी प्रतिनिधि निर्वाचन गर्ने व्यवस्था गर्नु पर्नेछ ।

वित्तिय कारोवार वाहेकको उद्देश्यका लागि संस्थाहरुको संयुक्त वा एकल लगानीमा व्यवसाय संचालन गर्ने गरी सहकारी उद्योग वा व्यवसाय दर्ता गर्न सकिने मापदण्डले जनाएको छ । तर, लगानीको सीमा मापदण्डको दफा ३३ को उपदफा (१) मा तोकिए बमोजिम हुनेछ ।

सहकारी संघ/संस्था दर्ता, संचालन, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०७७ (बागमती प्रदेश)

अभिलेख

लोकप्रिय