ललितपुरमा आयो हेटौंडाको दिव्यतारा
हेटौंडा, १८ कात्तिक
हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुरमा पनि सेवा सुभारम्भ गरेको छ । सोमबार ललितपुरको धोबीघाटबाट सेवा सुरु गरिएको हो । बागमती प्रदेशलाई कार्यक्षेत्र बनाएर अघि बढेको सहकारीको सेवा विस्तार गर्ने क्रममा ललितपुरबाट पनि सेवा सुरु गरेको हो ।
सहकारीले गर्दै आएको काम र सहकारीको अवस्थाका विषयमा अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले जानकारी गराउनुभएको थियो । ‘प्रदेशभर सेवा दिन स्वीकृति पाएका छौं,’ अध्यक्ष डीनाले बुधबारदेखि चितवनमा पनि कार्यालय सञ्चालन गरी सेवा दिँदैछौं,’ उहाँले भन्नुभयो । उहाँले दिव्यतारालाई प्रदेशकै नम्बर एक सहकारी बनाउने उद्धेश्य रहेको बताउनुभयो । बहुउद्धेश्यीय सहकारी भएकोले बहुआयामिक क्षेत्रमा काम गरिरहेको अध्यक्ष डीनाले बताउनुभयो ।
मकवानपुरमा १० हजार शेयर सदस्य रहेको दिव्यताराले सामुदायिक रेडियो, रेडियो मकवानपुर, तोरीको तेल उद्योग र उपभोक्ता सहकारी पसल सञ्चालन गरिरहेको छ भने गोलभेंडा प्रशोधन केन्द्र र साबुन उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । सहकारीको कारोबार साढे ३ अर्बको छ भने एक अर्ब पुँजी छ । सहकारी व्यबस्थापक रमेश कोइरालाले सहकारीको अवस्थाका विषयमा जानकारी गराएका थिए । ललितपुरमा सन्तोष खड्कालाई संयोजक तोकिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार