३० असार २०८३, मङ्गलबार

बागमती प्रदेश बचत संघको प्रारम्भिक साधारण सभा कहिले ?

२०७७ कात्तिक ७, शुक्रबार
बागमती प्रदेश बचत संघको प्रारम्भिक साधारण सभा कहिले ?

काठमाडौं, ७ कात्तिक

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रारम्भिक साधारण सभा तय भएको छ । असोज १५ गते बसेको तर्दथ समितिको बैठकले कात्तिक २२ गते बनेपा (काभ्रे)मा बस्ने निर्णय गरेको हो ।

संघको प्रारम्भिक साधारण सभामा उपस्थित रहने प्रतिनिधीहरुले बुझाउनु पर्ने सेयर र मासिक बचत २०७७ कार्तिक १८ गते भित्र बुझाई सक्नुपर्ने संघले जनाएको छ ।
त्यसैगरी संघ दर्ताका बखत पठाईएका आधिकारीक प्रतिनिधीहरु वा संघ संस्थाहरुको सञ्चालक समितिले निर्णय गरी प्रतिनिधी परिवर्तन गर्नु परेमा कार्तिक १८ सम्म पठाईएको प्रतिनिधीलाई आधिकारीक मान्यता दिईने जनाएको छ ।

संघले कात्तिक २१ र २२ गते निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । निर्वाचनको लागि ज्ञानवहादुर तामाङको संयोजकत्वमा निर्वाचन उप समिति यस अघिनै गठन गरिसकेको छ ।

अभिलेख

लोकप्रिय