विकु बचतको १९ औं सेवा केन्द्र अरुणखोला बजारमा
गैंडाकोट, ६ कात्तिक
विकू बचत तथा ऋण सहकारी संस्थाले मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बजारमा १९ औं सेवा केन्द्र स्थापना गरेको छ । बुधबारदेखि उक्त सेवा केन्द्रबाट
सेवा शुभारम्भ गरेको हो । गैंडाकोट नगरपालिका–८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा संस्थाले सेवा प्रवाह गरिरहेको छ ।

सेवा केन्द्रको शुभारम्भ गर्नुहुँदै संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले विकु नेपालको सर्बोत्कृट बचत तथा ऋण सहकारी रहेको र नीति, विधि र प्रविधि नै विकुको सफलता भएको बताउनुभयो । नवलपुर जिल्लाको सबै स्थानिय स्तरमा उत्कृष्ट वित्तिय सेवा पु¥याउने उद्येश्यले संस्थाले कायक्षेत्र बिस्तार गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेल ले विकूको लक्ष्य भनेको सदस्यहरुलाई गरिबमुक्त बनाउने रहेको र निम्न वर्ग, मध्यम वर्ग र सम्पन्न वर्ग सबैमा पुग्ने एकमात्र सहकारी भएको बताउनुभयो । आगामी दश वर्षमा सबै सदस्यहरुलाई समृद्ध बनाउनको लागि सदस्य समृद्धिको आधार विकुले बनाउने बताउनुभयो ।
कार्यक्रममा कोरोना भाइरस संक्रमण कोभिड–१९ को प्रकोपलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाईएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार