किसान रजत वर्ष अफर : स्मार्ट फोन, २५ जनालाई ५ सय २५ रुपैयाँको टपअप र २५ प्रतिशत क्यास ब्याक
कैलाली, ६ कात्तिक
कैलालीको लम्कीचुहा–१ मा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको लागि ‘किसान रजत वर्ष अफर’ सार्वजनिक गरेको छ ।
संस्थाले सार्वजनिक गरेको नयाँ अफरमा डिजिटल बैंकिङ्ग माध्यामबाट कारोबार गर्दा २५ जनाले ५ सय २५ रुपैयाँको टपअप प्राप्त गर्ने जनाएको छ । यो योजना कात्तिक ५ गतेदेखि मंसिर ३० गतेसम्म रहने संस्थाले जनाएको छ । यस अवधिमा संस्थाको ‘किसान मोबाईल बैंकिङ’ प्रयोग गर्ने सदस्यहरु मध्येबाट २५ जना भाग्यशाली बिजेताले ५ सय २५ रुपैयाँको टपअप प्राप्त गर्नेछ ।
त्यस्तै संस्थाले डिजिटल बैंकिङ्ग माध्यामबाट कारोबार गर्ने एक जना भाग्यशाली बिजाताले स्मार्ट फोन समेत प्राप्त गर्ने संस्थाले जनाएको छ ।

त्यस्तै संस्थाले डिजिटल बैंकिङ्ग माध्यामबाट कारोबार गर्नेहरुका लागि २५ प्रतिशत क्यास ब्याकको अफर ल्याएको हो । यो अफर पनि कार्तिक ५ गतेदेखि मंसिर ३० गतेसम्म रहनेछ ।
संस्थाको मोबाईल बैंकिङ्गमार्फत पहिलो १ हजार रुपैयाँसम्मको टपअपमा २५ प्रतिशत क्यास ब्याक पाईने संस्थाले जनाएको छ । त्यसपछिका टपअपमा ३ प्रतिशत क्यास ब्याक पाईने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार