दोहोरो सञ्चालक बन्न नपाउने ब्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्चमा कास्कूनको रिट
काठमाडौं, ५ कात्तिक
एउटा सहकारीको संचालक समितिमा बहाल रहेको व्यक्ति सोही समयमा अर्को सहकारीमा संचालक बन्न नपाउने कानुनी व्यवस्था खारेजी गर्न माग गर्दै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कून)ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ ।
बागमती प्रदेश सहकारी ऐन, २०७६ मा भएको व्यवस्था खारेज गर्न माग गर्दै संघले असोज २९ गते रिट दायर गरेको हो । सर्वोच्चले कात्तिक २६ गते संवैधानिक इजलासमा पेसी तोकेको छ ।
अभियानका अन्य प्रतिनिधिमूलक संघहरुको समेत सहमतिमा कास्कूनको संचालक समितिको निर्णय अनुसार रिट दायर भएको हो ।
बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा ५ ले ‘कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने’ व्यवस्था गरेको छ ।
सोही दफाको उपदफा ६ मा ‘ऐन प्रारम्भ हुनअघि कुनै व्यक्ति एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक‘भएकोमा यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र कुनै एक सहकारी संस्थाको मात्र सञ्चालक रहनु पर्ने’ उल्लेख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार