मुस्ताङका उत्पादनलाई प्रवर्दन गर्दै आजीवन सहकारी
पोखरा । पोखराको अमरसिंहचोकमा रहेको आजीवन कृषि सहकारी संस्था लि. ले मुस्ताङका उत्पादनको प्रवद्र्धन सुरु गरेको छ ।
सहकारीले हिमाल पारीको जिल्ला मुस्ताङबाट स्याउ लगायतका उत्पादन पोखरामा ल्याएर बिक्री वितरण गरिरहेको सहकारीका सहसचिव सवी गौचन शेरचनले जानकारी दिनुभयो ।
स्याउसँगै लसुन, गाँजर, दाल, आलु पनि मुस्ताङबाट पोखरा ल्याएर सहकारीले बिक्री वितरण गरिरहेको छ । स्वादिलो तथा अर्गानिक भएकाले मुस्ताङको स्याउ र अन्य उत्पादनप्रति ग्राहकको आकर्षण देखिएको शेरचन बताउनुहुन्छ ।
मुस्ताङको स्याउ प्रति केजी १ सय ६० रुपैयाँमा सहकारीले बिक्री गरिरहेको छ । गत वर्ष स्थापना भएको सहकारीले यस अगाडि गत महिना पनि मुस्ताङबाट १ सय २० बोरा आलु ल्याएर बिक्री गरेको थियो । अहिले पुन ६० बोरा आलु बिक्री गरिसकेको सहकारीका अध्यक्ष हितमान गुरुङले जानकारी दिनुभयो ।
बिक्री गरेर नाफा कमाउनु भन्दा पनि मुस्ताङको उत्पादनलाई बजारीकरण गर्ने र प्रवद्र्र्धन गर्ने उद्देश्य आफूहरुले लिएको शेरचन बताउनुहुन्छ । उत्पादक र उपभोक्तालाई जोड्न सहकारीले पुलको काम गरेको शेरचनले बताउनुभयो ।

– आर्थिक आवाज
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार