सुयोग्य साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, १ कार्तिक
कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाको कोटेश्वरस्थित आफ्नै भवनमा आश्विन २४ गते शुरु भई ३० गते सम्पन्न भएको हो ।
साधारण सभाले ऋणी सदस्यहरुको व्याजमा जम्मा ६ लाख ८५ हजार ७६२ रुपैंया छुट दिने निणर्य गरेको छ भने, सदस्यहरुलाई शेयर रकमको १५ प्रतिशत लाभांस वितरण गर्ने, कर्मचारीहरुलाई वोनस रकम वितरण र संरक्षित पूजी फिर्ता कोषबाट लाभांस प्रदान गर्ने निर्णय गरेको छ ।
साथै संस्थाको रिक्त लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रकाश रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ साथै सभाले संचालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु स्वीकृत गरी आगामी आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गरेको जनाइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार