शुक्रपथ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा नरेन्द्र बिष्ट
काठमाडौं, १ कार्तिक
न्युरोडको प्युखामा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र बिष्ट चयन हुनुभएको छ । आज सम्पन्न संस्थाको १० औं वार्षिक साधारणसभाले ४ वर्षको लागि अध्यक्षमा विष्टलाई चयन गरेको हो । विष्ट यसअघि सचिव हुनुहुन्थ्यो ।
एक हप्ताअघि देखि सुरु भएको साधारणसभा आज निर्विरोध नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ ।
नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा आनन्दकुमार राउत, सचिवमा जीवनराज ओझा र कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा महेश खड्का केसी, निरहरी प्रसाद उपाध्याय र अर्जुन विश्वकर्मा रहनुभएको छ ।
त्यसैगरी लक्ष्मण शर्माको संयोजकत्वमा लेखा समिति चयन भएको छ । त्यस्तै सदस्यहरुमा पम्फा कार्की र देवप्रसार घिमिरे निर्वाचित हुनुभएको छ ।
निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीले आजै पदभार ग्रहण गरेका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार