हरियाली साकोसको १५ औं साधारणसभा सम्पन्न
दाङ, १ कार्तिक
राप्ती गाउँपालिका स्थित हरियाली बचत तथा ऋण सहकारी संस्था लि।ले १५ औ वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ ।
कोभिड– १९ महामारीको बढ्दो संक्रमणका बीच स्वास्थ्य सतर्कता, भौतिक दुरीसहित सभा सम्पन्न भएको संस्थाका अध्यक्ष शिवध्वज मल्लले जानकारी गराउनुभयो ।
साकोसको २०७७ आश्विन ८ गतेको सञ्चालक समितिको बैठकको निर्णयबाट साधारण सभाको तयारी, लेखा परिक्षण, प्रतिवेदन छपाई, महामारीमा साधारणसभा सञ्चालन सम्बन्धी कार्यबिधि २०७७ निर्माण सहित साधारण सभा प्रारम्भ भएको थियो । सहकारी बिभागले असोज १ गते जारी गरेको “सहकारी संस्थाको साधारण सभा सञ्चालन सम्बन्धि सुचना” आत्मसाथ गर्दै साधारणसभा सञ्चालन कार्यदल गठन गरी भौतिक रुपमै सदस्य घरदैलो कार्यक्रम मार्फत वडा वडा मा प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी मिश्रीत विधिबाट साधारण सभाका सम्पूर्ण प्रकृयाहरु पुरा गरिएको थियो ।
कुल २९०० जना सदस्य संख्या रहेको साकोसको साधारण सभामा ७० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभाले संस्थाका बार्षिक आय व्यय र संगठनात्मक प्रतिवेदनहरु, लेखापरिक्षण प्रतिवेदन र आगामी बर्षको कार्ययोजना अनुमोदन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार