हुँदै नभएको कर्जा सूचना केन्द्रको धाक लगाउँदै सहकारी, कालो सूचिमा राख्ने भन्दै पत्रिकामा सूचना
काठमाडौं, ३० असोज
सहकारी संस्थाबाट लगेको ऋण समयमै चुक्ता नगरे कालो सूचिमा राख्ने धम्की सहकारी संस्थाहरुले सदस्यलाई दिने गरेको पाईएको छ । कतिपय सहकारी तथा सरकारी निकायले समेत पत्रिकामा सूचना निकालेर ऋण नतिर्ने सदस्यलाई त्रसित बनाउने गरेको पाईएको छ ।
सहकारी संस्थाबाट लगेको ऋण नतिरे कालो सूचिमा राख्ने कानुनी प्रावधान छैन । हुँदै नभएको कानुनको आडमा सहकारी संस्थाले यस्ता धम्की दिन थालेको हो । सहकारी ऐन तथा सहकारी नियमावलीमा कर्जा केन्द्र स्थापनाको व्यवस्था गरेको छ तर अहिलेसम्म कर्जा सूचना केन्द्र स्थापना भैसकेको छैन । पत्रिकामा यस्तो सूचना आउन थालेपछि सदस्यहरु थप त्रसित बनेका छन् ।
बुढानीलकण्ठ नगरपालिकाले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पत्रिकामा सूचना निकालेर कालो सूचिमा राख्ने चेतावनी दिएको छ । सूचनामा भनिएको छ, ‘दाखिला गर्न नल्याएमा प्रचलित नेपालको कानुन बमोजिम कालो सूचिमा राख्ने लगायत जे जो गर्नु पर्ने हो गरी असुल उपर गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्पूर्ण ऋणीहरुलाई जानकारी गराईन्छ ।’


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार