नयाँ सन्देश सहकारी समस्याग्रस्त घोषित, ऋण उठाएर बचत फिर्ता गराउन समिति गठन
काठमाडौं, ३० असोज
नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषित भएको छ । सहकारी संस्थालाई व्यवस्थापन गर्न बुढानिलकण्ठ नगरपालिकाले समस्याग्रस्त सहकारी ब्यवस्थापन समिति गठन गरेको छ ।
संस्था बुढानिलकण्ठ नगरपालिका–५ मा रहेको छ । संस्थाले बचतकर्ता सदस्यहरुको रकम हिनामिना गरि संचालकको निजी स्वार्थका लागि दुरुपयोग गरेको सदस्यहरुले आरोप लगाएका छन् । बुढानिलकण्ठ नगरपालिकाको नियमनभित्र पर्ने यस संस्थाको ब्यवस्थापन गर्नका लागि नगरपालिकाले सात सदस्यीय ब्यवस्थापन समिति गठन गरी प्रक्रिया अघि बढाएको छ ।
समितिले संस्थाबाट ऋण लिएका सदस्यहरुलाई आफूले लिएको सावाँ, ब्याज सहित सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दाखिला गर्न अनुरोध गरेको छ । कार्यालयले कोही कसैले अटेर गरी दाखिला नगरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
यसैगरी समितिले सम्पूर्ण बचतकर्ता सदस्यलाई सूचना पाएको मितिले ३० दिन भित्र प्रमाण सहित रकम दावी गर्न समेत जानकारी गराएको छ ।
संस्थाको सम्पत्ति तथा दायित्व फरफारक गर्नका लागि सूचना प्रकाशित गरेको छ ।
संस्थाका अध्यक्ष सानु ठकुरी हिरासतमा छन् । संस्थाका सञ्चालकले २ हजार सदस्यको २५ करोड रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार