आज क्रेडिट युनियन डे, विश्व समुदायका लागि आशाको प्रेरणा : बचत तथा ऋण सहकारी
काठमाडौं, २९ असोज
आज अक्टोबर १५ अर्थात् क्रेडिट युनियन डे । हरेक वर्षको अक्टोबर महिनाको तेस्रो बिहीबार क्रेडिट युनियन डे (आइसीयू दिवस) मनाईन्छ । यस वर्षको थिम “विश्व समुदायका लागि आशाको प्रेरणा” रहेको छ । विश्वभरका बचत तथा ऋण सहकारीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस आज मनाईदै छ ।
विश्व ऋण परिषद्को स्थापना दिवसलाई नै क्रेडिट युनियन डे को रुपमा मनाउँदै आएको छ । ओक्कुको यो ७२ औं स्थापना दिवस हो ।
१९४८ बाट प्रत्येक वर्ष अक्टोबर महिनाको तेस्रो बिहीबार क्रेडिट युनियन डे मनाउन थालिएको हो । कोभिड १९को महामारीको समयमा क्रेडिट युनियन विश्व समुदायका लागि उत्प्रेरक हुन सक्ने यो थिमको अर्थ रहेको छ । हरेक वर्ष विश्व ऋण परिषद् (ओक्कु) यो थिम तय गर्दछ ।
क्रेडिट युनियन अथवा बचत तथा ऋण सहकारीहरुले आर्थिक समावेशी र विश्वका मानिसलाई भविष्यप्रति आशा जगाउने काम गरेका ओक्कुले जनाएको छ । कोभिड १९ को महामारीको यो समयमा क्रेडिट युनियनले विश्वभरी नै निरन्तर रुपमा सदस्यलाई उच्च सेवा प्रदान गरिरहेको ओक्कुले बताएको छ ।
बचत तथा ऋण सहकारीले स्थानीय समुदायहरुमा आवश्यक सेवा र सहयोग गरिरहेका छन् । तथापी यस्ता सहकारीहरुलाई अझै पनि अन्य वित्तीय संस्थाहरुभन्दा टाढा राखिएको छ । ‘हामीले वास्तवमै विश्व समुदायका लागि प्रेरणादायी आशा राखेका छौं । यो स्थितिमा क्रेडिट युनियन दिवसका लागि यो भन्दा राम्रो अर्को थिम हुन सक्दैन’ विश्व क्रेडिट युनियनका प्रेसिडेन्ट तथा सिइओ ब्रायन वाँचले भनेका छन् ।
नेपालमा पनि यस दिवस मनाईदै आएको छ । आज नेफ्स्कूनले अर्चुअल कार्यक्रममार्फत दिवस मनाउने कार्यक्रम तय भएको कोषाध्यक्ष दीपक पनेरुले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार