सिम्रिक साकोसद्वारा मृतक कर्मचारीको ६ लाख कर्जा मिनाहा, छोरीको नाममा ३ लाखको अक्षयकोष स्थापना
झापा : झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका कर्मचारी सुकमती राजवंशीले संस्थाबाट लिएको ६ लाख २९ हजार ऋण मिनाहा गरेको छ ।
विगत ४ वर्षदेखि संस्थाको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको असोज १४ गते उपचारका क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतका अनुसार मृतकको एक मात्र छोरी आरुषी राजवंशीको शिक्षाका लागि संस्थाले ३ लाखको अक्षयकोष स्थापना गरिदिने र त्यसबाट आउने वार्षिक ३३ हजार ब्याजबाट पढाइ खर्च उपलब्ध गराइने जनाएको छ । आरुषी १७ वर्षको भएपछि अक्षयकोषको ३ लाख फिर्ता दिने र उच्च शिक्षाका लागि उनको नाममा खाता खोली संस्थाले मासिक २ हजार जम्मा गरिदिने अध्यक्ष बस्नेतले बताउनुभयो ।
बचतको रकम उनी २३ वर्षको भएपछि एकमुष्ट ७ लाख २० हजार फिर्ता दिने संस्थाले जनाएको छ । सुकमती राजवंशीले बजार प्रतिनिधि भएवापत घर बनाउन सिम्रिकबाट १० लाख ४० हजार ऋण लिएका थिए । उनको असामयिक निधनपछि आश्रित परिवारलाई ऋणको बोझ नहोस् भनेर मिनाहा गरिदिएको बस्नेतले बताउनुभयो ।
कर्जा लिएको रकममध्ये ११ हजार तिरिसकेको अवस्थामा १० लाख २९ हजार कर्जा भुक्तानी गर्न बाँकी नै थियो ।
जसमध्ये सुकमतीको निधनपछि कर्मचारीले पाउने ४ लाख संस्थाले ऋणमा मिलान गरेको छ । मृतकको परिवारलाई काजकीरिया खर्चवापत संस्थाले ३० हजार प्रदान गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार