घर जग्गामा लगानी रोक्ने उद्देश्यले सहकारी स्थापना
बागलुङ, २७ असोज
बागलुङको काठेखोला गाउँपालिका विहुँकोटमा वैदेशिक रोजगारीबाट आउने रेमिट्न्स एकिकृत गर्ने उद्देश्यले बहुउद्देश्यीय सहकारी स्थापना गरिएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर ५,६ र ८ लाई कार्यक्षेत्र बनाई परमानन्द स्मृति बहुउद्देश्यीय सहकारी स्थापना गरिएको हो । सहकारीले स्थानिय कृषि उत्पादन र बजारीकरण गर्ने, प्राविधिक शिक्षलय संचालन गर्ने तथा पर्यटन प्रर्वदनमा काम गर्ने लक्ष लिएको छ । २ सय २ जना सदस्यको ५ करोड १९ लाख १० हजार शेयर पुँजि सहित सहकारी दर्ता भएको छ ।
बागलुङको विहुँकोट क्षेत्रबाट जापान, अमेरिका, यूरोप लगायतका देशमा रोजारी एवं व्यवसाय संचालन गरिरहेका विहुँकोट बासीहरुले आर्जन गरेको पुँजी प्रायः घर जग्गामा लगानी गरिरहेको सन्र्दभमा सो लगानी एकिकृत गरी ग्रमिण क्षेत्रमा रोजगारी सृजना गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको जनाईएको छ ।
विहुँकोटबाट अमेरिकामा व्यवसाय गर्दै आउनु भएका प्रकाश कँडेल, जापानमा व्यवासय गर्ने टिकाराम कँडेल, कृष्ण सुवेदी र दिपक कँडेलेको पहलमा सहकारी स्थापना गरिएको हो ।
सोमबार स्थापना भएको सहकारीको तदर्थ समितिको अध्यक्षमा डिलप्रसाद कँडेल चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा गौरिशंकर शर्मा सुवेदी, सचिव कृष्णप्रसाद कँडेल, सह सचिवमा नारायणप्रसाद कँडेल, कोषाध्यक्षमा चन्द्रिश्वर कँडेल रहनु भएको छ ।
सदस्यहरुमा कृष्णप्रसाद कँडेल, लिलावती सुवेदी, खगराज कँडेल, टिकाराम कँडेल,शान्ती सापकोटा, वेतप्रसाद कँडेल रहनु भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार