आइसीएले गोष्ठी, भ्रमणका कार्यक्रम नगर्ने
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसिए) को भर्चुअल बोर्ड बैठक १२ अक्टोबर २०२० मा सम्पन्न भएको छ । सो बैठकमा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल सहभागी भई विभिन्न विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
सो बैठकले ११ सेप्टेम्बरका दिन बसेको आइसीएको अनलाइन भर्चुअल मिटिङले निर्णय पास गरेको छ । सो बैठकमा २०२० को दोस्रो चौमासिकसम्मको आर्थिक गतिविधि तथा आयव्ययको जानकारी गराइएको थियो । हाल महामारीको अवस्थालाई ध्यानमा राखेर ग्लोबल र रिजनल अफिसहरु संचालन गर्न लाग्ने आवश्यक खर्चहरु बाहेक गोष्ठी, सेमिनार भ्रमणजस्ता कार्यक्रम नगर्ने निर्णय भएको छ ।

साथै कार्यालय समेत मितव्ययी रुपमा संचालन गर्न निर्देशन दिइएका महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले बताउनुभयो । बोर्डको समय अवधि आउँदो १६ नोभेम्बर २०२१बाट सकिने भएपछि २०२२ को अप्रिल वा जुनमा चुनावी साधारण सभा गर्ने निर्णय भएको छ । ‘कोभिड १९को जटिल अवस्थाका कारण चुनावी साधारण सभा केहि पर सार्ने निर्णय भएको हो,’ मल्लले भन्नुभयो । आइसएि बोर्ड सदस्य तथा अष्ट्रेलिन नागरिक ग्रेर्ग बालले डटकोपको सदस्यबाट दिएको राजीनामा आइसीएको बोर्ड बैठकले स्वीकृत गरेको छ ।
आइसीएको सेक्टनल अर्गनाइजेसनका बोर्ड प्रतिनिधि सदस्य तथा कोरियन नागरिक किम वेयाङ वङ्गले बोर्ड सदस्यबाट प्रशासनिक कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरिएको छ । अब नोभेम्बर १०मा बोर्डको भर्चुअल बैठक बस्ने भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार