सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारीको १४ औं साधारण सभा सुरु
पोखरा : पोखरा महानगरपालिका–३३ कालिकास्थानस्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सुरु भएको छ ।
कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो । साधारणसभाको एक समारोहकाबीच वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । उहाँले सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले सहकारीलाई यस अवस्थासम्म ल्याइपु¥याउने सबै प्रति आभार व्यक्त गर्दै शेयर सदस्यहरूको विश्वासलाई आगामी दिनमा अझै बलियो बनाउने गरी कृयाशील हुने बताउनुभयो । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सेवा केन्द्रहरू मार्फत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
दुई हजार १ सय ९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ । संस्थाले कालिकास्थानस्थित प्रधान कार्यालय, लामगादी, पुँडीटार, न्यूरोड, भण्डारढिक र पुलचोकमा सेवा केन्द्रहरूबाट सेवा प्रवाह गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार