सामूहिक र कल्याण साकोस बीच एकीकरण सहमति
भक्तपुर, २५ असोज
भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाले २३ औं स्थापना दिवसको अवसर पारेर स्थानीय कल्याण बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण सहमति गरेको छ ।
प्रमुख अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको उपस्थितिमा असोज २३ गते आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्याय र कल्याण साकोसका अध्यक्ष गंगा प्रसाद ख्याजुले सम्झौतापत्रमा हस्ताक्षर गरी एकीकरण सहमतिलाई औपचारिकता प्रदान गर्नुभएको थियो । सामूहिक साकोसका अध्यक्ष राजोपाध्यायले गतवर्ष पनि संस्थाले दुइ वटा संस्थासँग एकीकरण गरेको भन्दै कल्याणसँगको पछिल्लो एकीकरणले सहकारी अभियानलाई मजबूत बनाउने बताउनु भयो ।
संस्थाका सचिव कृष्ण हरि सैजुले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष राजाभाई भेलेले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक निन्यनाथ श्रेष्ठले सानो र सुुन्दर भन्दा पनि ठुलो र बलियो संस्थाले मात्र आफ्नो पहिचान बनाउन सक्ने वर्तमान परिस्थितिका कारण संस्थाले पनि एकीकरणलाई जोड दिएको धारणा राख्नुभयो । संस्थापक अध्यक्ष श्यमा प्रसाद मुनंकर्मीले निश्वार्थ गरिएको जुनसुकै कामको पनि राम्रो परिणाम आउने भन्दै सामूहिक साकोसको स्थापनाकाल स्मरण गर्नुभयो ।
संस्थाका अध्यक्ष गंगाप्रसाद ख्याजुले सदस्यले पाउने वित्तीय सेवाको गुणस्तर वृद्धिका लागि अहिलेको अवस्थामा संस्था एकीकरण अपरिहार्य र अनिवार्य रहेको बताउनु भयो । प्रमुख अतिथि कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थाहरु सहकारी मूल्य मान्यता, ऐन, नियम तथा समुदायमा आधारित भएर संचालन हुर्नुपर्नेमा जोड दिँदै सामूहिक साकोस पनि त्यस मध्यकै एक भएको दाबी गर्नुभयो । कोरोना भाइरसको आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक असरले संस्थाको वित्ती यव्यवस्थापनमा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकोले त्यस प्रकारको चुनौती सामना गर्न अग्रिम तयारी आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले एकीकरण गर्दा सबैजना भावनात्मक रुपमा पनि एक हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका विभिन्न समिति उपसमिति, सल्लाहकार, कर्मचारी र कल्याण साकोसका संचालकहरुको उपस्थिति रहेको सो कार्यक्रकममा भौतिक दुरी कायम गरी जम्मा ६६ जनाको उपस्थिति रहेको संस्थाका व्यवस्थापक कविन्द्र धौबन्जारले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार