कास्कूनको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, विभिन्न व्यक्ति र संस्था सम्मानित
काठमाडौं, २४ असोज
काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)ले एकै दिन स्थापना दिवस र बार्षिक साधारण सभा भर्चुअलरुपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीमा कात्तिक १५ गतेदेखि लागु हुने सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्ने बताउनुभयो । सहकारीले बढी ब्याज लिएर ठग्छन् भन्ने आरोपलाई निराधार सावित गर्न पनि सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै उहाँको जोड थियो ।
“कात्तिक १५ बाट लागु हुने सहकारीको १४ दशमलव ७५ प्रतिशत ब्याजदर कार्यान्वयन गर्नै पर्छ । त्यसले सहकारीले बढी ब्याज लिन्छन्, ठग्छन् भन्ने आरोपलाई निराधार बनाउनु पर्ने छ ।” उहाँले एक स्थानीय तह एक सहकारीको सदस्य नीति अभियानको समेत सहमती रहेको विषय भएको भन्दै धेरैवटा संस्थाको सदस्यता लिने प्रवृतिले राम्रो नगर्ने बताउनुभयो ।
सदस्यताको विषय अदालतमा पुगेको हुनाले अदालतको फैसला पर्खन आग्रह गर्नुभयो । उहाँले मन्त्रालयसंग कोभिडको समयलाई शुन्य समय मानेर एक वर्षसम्मलाई छुट दिनुपर्ने माग राखेको जानकारी दिनुभयो ।
संघले वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरेको छ । संघले यस वर्ष सतुंगलको वेस्ट्रन ऋतम्भरा बचत तथा ऋण सहकारीलाई उत्कृष्ट ब्यवसाय साकोस सम्मान प्रदान गरेको छ । यसैगरी अधिक शेयर खरिद साकोस सम्मानबाट सत्कार बचत तथा ऋण सहकारी पुरस्कृत भएको छ । त्यसैगरी उत्कृष्ठ साकोस सम्मान चन्द्रागिरि बचत तथा ऋण सहकारीले पाएको छ भने अधिक बचत कारोबार साकोस सम्मान कोल्मतेश्वर बचत तथा ऋण सहकारीले पाएको छ ।
यो वर्ष कास्कून वर्ष ब्यक्ती अभियान्ता सम्मानबाट पूर्व लेखा समिति सदस्य हरिशरण थापा सम्मानीत हुनुभएको छ । उत्कृष्ठ कर्मचारी पुरस्काकार कास्कूनका ब्यवस्थापक अरुण तिवारीले पाउनुभएको छ।
संस्थाका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष निरञ्जन सेढाइले संघको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उहाँले संघमा ७ सय सदस्य, २ करोड ४३ लाख ९४ हजार शेयर पूंजी, ७२ करोड ८७ लाख बचत, २ करोड २४ लाख कोष तथा ९४ करोड कूल कारोबार भएको जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार