सफा टोल बनाउने अभियानमा सिवाईसी साकोस
बागलुङ, २३ असोज
बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी सास्थाले संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत डस्टविन वितरण गरेको छ ।
सहकारीले ११ औं समृद्धि दिवसको अवसरमा बागलुङ नगरपालिका–४ को प्रगतीनगर टोल विकास संस्थालाई डस्टविन वितरण गरेको हो ।
स्वस्थ सफा सुन्दर टोल निर्माण अभियान बनाउने उद्देश्यले टोल विकास संस्थाको माग अनुसार अभियानमा संस्थाले सघाउ पुर्याएको हो ।
संस्थाले ९ हजार मुल्य बराबरका ३ वटा फलामका डस्टविन वितरण गरेको जनाएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारीले बचत तथा ऋणको काममा मात्रै नभई समुदायमा सकारात्मक प्रभाव पार्ने गतिविधिमा सघाउ पुर्याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष सिता सापकोटा, बागलुङ चेम्बर अफकमर्सका सचिव तेजबहादुर कुँवर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संस्थाले ३ वटा डस्टविन सहयोग गरेपछि रमेटार खानेपानी उपभोक्ता संस्था, चुत्रेनीवानेको पाखो सामुदायिक वन उपभोक्ता समितिले समेत टोल विकास संस्थालाई एक–एक थान डस्टविन सहयोग गरेको थियो ।
सहकारीले समृद्धि दिवसको अवसरमा जिल्लाका अन्य १० वटा सदस्य सेवा केन्द्रमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ ।
११ हजार ७ सय ७२ सदस्य, २२ करोड १ लाख ९३ हजार ५ सय सेयर पूँजी, १ अर्ब २७ करोड ९१ लख ७६ हजार बचत रहेको छ संस्थाको ९१ करोड ८ लाख ३ हजार ८ सय ६१ रुपैयाँ लगानी गरेको छ ।
दायित्व र हितकोष ६ करोड ७३ लाख ४० हजार ४ सय ६१ रुपैयाँ रहेको सहकारीको कुल सम्पत्ति १ अर्ब ७१ करोड ६० लाख २८ हजार २ सय ४२ रुपैयाँ छ । सहकारीको मुख्य कार्यालयसहित जिल्लाका ११ स्थानका सेवा केन्द्रमा ६६ जना जनशक्ति कार्यरत रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार