किसान बहुउद्देश्यीय सहकारीद्वारा निबन्ध लेख्न आव्हान, प्रथम पुरस्कार १५ हजार
२०७७ असोज २२, बिहिबार
कैलाली, २२ असोज
लम्की चुहा–१ कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारीले निबन्ध लेखन प्रतियोगितामा सहभागिता जनाउन आव्हान गरेको छ ।
‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयमा जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो । निबन्ध बढीमा एक हजार शब्दको हुनुपर्ने संस्थाले जनाएको छ । निबन्ध लेखनमा सहभागी हुने व्यक्तिले कात्तिक १ गतेसम्म संस्थाको इमेलमा निबन्ध पठाउनु पर्ने संस्थाले जनाएको छ ।
पुरस्कृत निवन्ध संस्थाको ‘रजत जयन्ती स्मारिका’मा प्रकाशन हुने संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिनुभयो । उत्कृष्ठ निबन्धले प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार र तेस्रो पुरस्कार ५ हजार पाउने छ ।
निबन्ध darpan@kisancoop.coop.np मा पठाउन सकिने संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार